२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

वार्ताका लागि तयार छौं, सरकार इमान्दारीपूर्वक आओस्’

काठमाडौं । बन्दी प्रत्यक्षीकरणको रिटमा सुुनुवाई गर्दै सर्वोच्च अदालतले पुस २७ मा पक्राउ परेका विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दियो ।

तर प्रहरीले फेरि पक्राउ गर्दैछ भन्ने सुनेका उनको अनुहारमा खुसी थिएन । यद्यपि आदेशमा पुनः पक्राउ गरे अदालतको अवहेलना हुने भनिएका कारण के होला भनेर रजिस्टारको कार्यकक्षमा बसेर कानून व्यवसायीहरुसँग छलफल गरिरहेका थिए ।

हातमा अदालतको आदेश बोकेर रजिस्टारको कार्यकक्षबाट बाहिर निस्किएका उनले अनलाइनखबरसँग कुरा गर्दै आफ्नो पार्टी वार्ताका लागि तयार रहेको बताए । तर त्यसका लागि सरकारले इमान्दारीपूर्वक प्रयास गर्नुपर्ने उनले बताए ।

अन्तर्वार्ता भइरहँदा प्रहरीहरु अदालत परिसरको गेटमा देखेपछि उनको पक्षमा बहस गरेका वकिलहरुले टुंग्याउन लगाए । नभन्दै उनी अदालतको गेटमा पुग्न नपाउँदै पक्राउ परे । हातमा अदालतको आदेशको प्रति बोकेका उनी ‘ए किन समातेको रु’ भन्दै प्रतिवाद गर्न खोज्दै थिए, प्रहरी टोलीले पक्राउ पूर्जीसमेत नदिई उनलाई नियन्त्रणमा लियो ।

प्रस्तुत छ, पुनः पक्राउ पर्नुपूर्व बास्तोलासँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंलाई सर्वोच्च अदालतले छाड्ने आदेश दिएको छ । तर, गेटबाहिर त प्रहरी तैनाथी ठूलो देखियो नि रु

सर्वोच्च अदालतको आदेशमा गैरकानूनी तरिकाले गिरफ्तार गरियो भने अदालतको मानहानी हुने कुरासमेत उल्लेख गरिएको छ । बारम्बार यो खालको घटना भएकाले अदालतले पनि यो खालको निर्णय गर्नु परेको हो । तर, मलाई फेरि समात्ने कुरा चाहिँ सुनिराखेको छु ।

तपाईहरुका अरु नेतालाई पनि पक्राउ गरेपछि एकपछि अर्को मुद्दामा विभिन्न जिल्लामा घुमाएको देखिन्छ, यसबारे के भन्नुहुन्छ रु

सरकारले राजनीतिक पूर्वाग्रह र कानुनलाई पनि मिचेको जस्तो देखिन्छ । यस्तो नगर्नुपर्थ्यो, तर अलि बढी नै गरेको जस्तो देखिन्छ ।

हामी चाहिँ सरकारसँग छलफल गर्न र वार्ताबाट हाम्रो एजेण्डा बुझाउन चाहन्छौं । देशलाई एउटा निकास दिन चाहन्छौं
तपाईंकै हकमा भन्नुपर्दा, २७ पुसमा प्रहरीको विशेष ब्युरोको टोलीले पक्राउ गर्दा तपाई वार्ताकै क्रममा आउनुभएको थियो भन्ने कुरा बाहिर आएको थियो । के काममा तपाईं त्यहाँ हुनुहुन्थ्यो रु

त्यो विषय चाहिँ अहिले यहाँ गर्ने कुरा होइन । सरकारसँग सम्बन्धित भएको हुनाले त्यतैतिर गर्ने कुरा हो ।

त्यसो भए, पक्राउ पर्दा तपाईं कहाँबाट कता जाँदै हुनुहुन्थ्यो त रु

ठाउँ त अहिले मलाई पनि याद छैन । कार्यक्रम सकेर फर्किँदै गर्दा ललितपुरको दक्षिण भाग गिम्दी र मकवानपुरको सीमातिर पर्ने बागमती किनारमा पक्राउ गरेको हो ।

पक्राउपछि प्रहरीले कस्तो व्यवहार भयो रु

पार्टीको एउटा कार्यक्रम सकेर फर्किँदाखेरि बाटोमा समातियो । त्यसपछि राजनीतिक हिसाबले सम्मानजनक व्यवहार गरिएको छ ।

अहिले वार्ता गर्ने तयारी भइरहेको भनिएको छ । तपाईंहरुको पार्टीका महासचिवले पनि शनिबार वक्तव्य नै निकालेर वार्ताका लागि सकारात्मक छौं भन्नुभएको छ । वार्ताको तयारी पनि भइरहेको हो रु

हाम्रो पार्टी वार्ताद्वारा राजनीतिक समाधान निकाल्न तयार छ । हामीले छलफल बहस गरेर हाम्रा एजेण्डाहरु तयार गरेका छौं । हामी राजनीतिक निकास निस्कियोस्, देशको आर्थिक समृद्धि, राजनीतिक स्थिरता होस् भन्ने चाहन्छौं । हामीसँग एजेण्डा पनि छन् ।

यदि सरकारले वार्ता इमान्दारीपूर्वक गर्ने हो भने त्यो कुराहरु राख्छौं । तर यस्ता क्रियाकलाप ९पक्राउ०ले सरकार यसमा कति गम्भीर छ भन्ने प्रश्न पैदा गर्छ । नेपाली जनताले त्यो तरिकाले सोच्न जरुरी छ भन्ने हामीलाई लाग्छ ।

वार्तामा बस्न तपाईहरुको पनि शर्त छन् 

हाम्रो केही शर्तहरु छैन । सरकारले वार्ता गर्नलाई इमान्दारीपूर्वक आउनुपर्छ ।

प्रतिबन्ध फुकुवा नगरेकै अवस्थामा पनि वार्ता हुनसक्छ 

छलफलमा बस्न न्यूनतम रुपमा प्रतिबन्ध फुकुवा त गर्नै पर्‍यो । बन्दीहरु रिहाइ गर्नुपर्‍यो । त्यसपछि वार्ता हुन्छ । सरकार सहमत होला नहोला, तर हाम्रो एजेण्डा के हुन्, हामीले कसरी समाधान सोचिरहेका छौं भन्ने सरकारले सुन्नुपर्‍यो ।

सरकारको कुरा त हामीले सुनिरहेका छौं, हामी चाहिँ सरकारसँग छलफल गर्न र वार्ताबाट हाम्रो एजेण्डा बुझाउन चाहन्छौं । देशलाई एउटा निकास दिन चाहन्छौं । —  अनलाईखबर बाट साभार 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।