२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

अनिन्द्रा किन हुन्छ, यसबाट कसरी बच्ने ?

एउटा मानिसलाई कति निद्राको आवश्यकता पर्दछ भन्ने बारे जानकारी हुनु अत्यावश्यक छ । कसैलाई ८, ९ घण्टासम्म निद्राको आवश्यकता पर्छ भने कसैलाई ४, ५ घण्टा मै निन्द्रा पुगेको अनुभव हुन्छ । सामान्य रुपमा अनिन्द्रा भन्नाले बेलुका सुत्ने समयमा निन्द्रा नपर्नु, निन्द्रा परे पनि रातिमा निन्द्रा खुल्नु र फेरि सुत्न नसक्नु तथा बिहान अति नै चाडो निन्द्रा खुल्नु भन्ने बुझिन्छ । अनिन्द्रा को समस्या ३० देखि ३५ वर्षका बयस्कहरुमा र त्यो भन्दा माथिको उमेर समुहमा अझ धेरै भएको मानिन्छ । राति निदाउन कठिनाई भएको अवस्था, निदाइसकेपछि बीच बीचमा निन्द्रा टुट्ने र बिहान धेरै चाडै निद्रा खुल्ने र फेरि निदाउन गाह्रो हुने अवस्थाहरु मध्ये एक या बढी अवस्थाहरुलाई अनिन्द्रा भनिन्छ ।

अनिन्द्राका कारणहरु :

१. एक्कासी आइपरेको तनाव

२. क्षणिक उत्तेजित अवस्था

३.डर

४. डिप्रेसन

५. आत्तिने रोग

६. अन्य मानसिक रोगहरु

यसबाट बच्ने उपायहरु :

१. बिहानको समयमा उठ्ने बानी बसाल्ने ।

२. ओछ्यानमा बिताउने समय बृद्घि नगर्ने ।

३. ओछ्यान सुत्नका लागि मात्र प्रयोग गर्ने  तथा आरामदायि पारेर राख्ने ।

४. कहिलेकाँहि ओछ्यान परिवर्तन गर्नु पनि लाभदायक हुन्छ ।

५. कफि, चुरोट र रक्सीको सेवन नगर्नु राम्रो हुन्छ ।

६. दैनिक शारिरीक व्यायम गर्ने ।

७. बेलुका दिमागलाई उत्तेजित पार्ने क्रियाकलापमा नियन्त्रण गर्ने जस्तै राति टीभी हेर्नेको सट्टा रेडियो सुन्ने ।  ८. मधुर संगीत, ध्यानको प्रयोग गर्ने ।

९. राति सुन्नु अघि शरिरको तापक्रम बढाउने हिसाबले मनतातो पानिमा १५ देखि २० मिनेटसम्म नुहाउने ।

१०. खाना नियमित समयमा खाने तथा सुत्नु अघि धेरै नखाने ।  ११. अनिद्रा धेरै लम्बिएको छ या दिनचर्या फरक भएको छ भन्ने शारिरीक समस्या अनुभव भएको छैन भने चाँहि मासिक स्वास्थ्यमा तालिम प्राप्त स्वास्थ्यकमीलाई सम्र्पक गर्दा राम्रो हुन्छ ।

Source: https://www.hamrodoctornews.com/detail/9000

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।