२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

दिनेशमाथि अनुसन्धानका लागि अझै ५ दिन म्याद थप

बैतडी: भा’गरथी ह’त्या आरोपी किशोर दिनेश भट्टमाथि थप अनुसन्धानका लागि अझै ५ दिनको म्याद थप गरिएको छ। यसअघि गत बुधबार सार्वजनिक गरिएका दिनेशमाथि अनुसन्धानका लागि अदालतले ५ दिनको लागि अनुमति दिएको थियो।

उक्त म्यादमा अनुसन्धान नसकिएकाले थप ५ दिनको लागि अनुमति पाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए। बुधबार नै भागरथीका दाजु शंकर भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र ब’ला’त्कारसम्बन्धी कसुरमा कारबाहीका लागि जाहेरी दर्ता गरेका थिए। कुनै पनि अपराधमा संलग्न रहेको आरोप लागेका बालबालिकाको हकमा २१ दिनसम्म थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ। गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको लवलेक जंगलमा उनको श’व बी’भ’त्स अवस्थामा भेटिएको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।