पछिल्लो २४ घण्टामा देशभर १२५ कोेरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ ।



हालसम्मका कूल संक्रमितमध्ये २ लाख ६९ हजार ९६६ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ९० संक्रमित निको भएका छन् ।देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५२९ रहेको मन्त्रालयले जनाएको छ ।
Views: 152

























