२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

निर्मला पन्तका हत्यारालाई खोजेर अविलम्ब कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

कञ्चनपुर,१० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तका हत्यारालाई छानबिन गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

कञ्चनपुरको दैजीमा छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले साढे २ वर्षअघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय किशोरी निर्मलाको हत्यामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका हुन्।

बैतडीकी भागरथी भट्टको विभत्स हत्याको घटनामा प्रहरीले सफल अनुसन्धान गरेकोमा प्रहरीलाई धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘अब निर्मला पन्तका बलात्कारी र हत्यारालाई पनि छिट्टै कानुनको दायरामा ल्याउने काम गर्नुस्।

’समाजमा शान्ति सुरक्षा कायम गर्ने, पीडितलाई न्याय र अपराधीलाई दण्ड दिने काम राज्यको भएको भन्दै उनले कसैको दबाबमा काम गर्न नहुने बताए। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।