२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

बदाम खानुको छन् फाइदै फाइदा तर जान्नुहोस सही तरिका

बदाममा इनर्जी, फ्याट, कार्बोहाइड्रेट, प्रोटिनको मात्रा अत्याधिक हुने गर्दा भिटामिन वा मिनरल्ससंग जोडिएका कयौं शारीरिक समस्यालाई टाढै राख्न मद्दत पुर्याउँछ । बदाम खाँदा जति मिठो छ त्यति नै शरीरको लागी फाईदाजनक छ ।

बदाम खानुको छन् फाइदै फाइदा तर जान्नुहोस सही तरिका

काठमाडौ । जाडो मौसममा घाम ताप्दै बदाम खानको मज्जा नै बेग्लै हुन्छ जुन हर कोहीलाइ मनपर्छ । तर धेरैलाई थाहा भने नहोला कि यो बदाम खाँदा हाम्रो शरीरलाई फाईदै फाइदा छन् । बदाम खाँदा सहि तरिका अपनाउन भने जरुरी छ साथै सतर्क हुन पनि जरुरी देखिन्छ ।

बदाममा इनर्जी, फ्याट, कार्बोहाइड्रेट, प्रोटिनको मात्रा अत्याधिक हुने गर्दा भिटामिन वा मिनरल्ससंग जोडिएका कयौं शारीरिक समस्यालाई टाढै राख्न मद्दत पुर्याउँछ । बदाम खाँदा जति मिठो छ त्यति नै शरीरको लागी फाईदाजनक छ । आउनुहोस चर्चा गरौ बदाम खाने तरिका र यसका फाईदाको बारेमा : 

बदाम खाने सहि तरिका र सतर्कता:

हुन त तपाईले बदाम त्यत्तिकै खाँदा पनि हुन्छ तर त्यसको सहि तरिका भने भिजाएर खाँदा राम्रो हो । विशेषज्ञहरुका अनुसार बदामलाई भिजाएर खाँदा यसमा पाईने न्यूट्रिएंट्स शरीरमा पूर्ण तरिकाले लाग्ने छ । त्यस्तै बदामलाई सख्खरसंग मिसाएर पनि खान सकिन्छ भने सलादमा पनि मिसाएर खान सकिन्छ । तर बदाम खाँदा ध्यान भने पुर्याउन जरुरी समेत छ । बदामले शरीरलाई गर्मी समेत प्रदान गर्ने हुँदा एकैचोटी धेरै बदाम सेवन गर्दा शरीरमा आउने अत्याधिक उर्जाले गर्दा हानी पुर्याउन सक्छ । एकैचोटी पेट भर्ने गरी बदाम सेवन भने नगर्नुहुन विशेषज्ञहरु सुझाव दिन्छन ।

बदाम खानुका फाइदै फाइदा :

१ बदामले शरीरमा गर्मी दिने हुँदा जसले गर्दा ब्लड सर्कुलर समेत राम्रो संग हुन पाउँछ । त्यस्तै बदामको सेवनले गर्दा जाडो महिनामा हुने भाईरल इन्फेक्सन वा रुघा खोकीबाट बचाउन मद्दत पुर्याउँछ । 

२ बदाममा क्यालोरीको मात्र कम हुन्छ । साथै यसको सेवनले गर्दा मेटाबोलिजम र ब्लड सर्कुलेशन बढाउँछ जसले गर्दा तौल घटाउन धेरै मद्दत पुर्याउँछ ।

३ बदाम खाँदा पेट भरिएको जस्तो हुने गर्छ जसले गर्दा धेरै खाना खाने बाट तपाईलाई बचाउछ । यदि तपाईलाई घरिघरि भोक लागिरहन्छ भने बदामलाई मिसाएर खाने कुरा खाने गर्नुहोस, थोरै खाँदा नै तपाईको पेट भरिन्छ जसले गर्दा भोक मेटाउन धेरै खाईरहनु पर्दैन । तौललाई सन्तुलित राख्न यसले मद्दत पुर्याउँछ । 

४ बदाममा मोनो-सैचुरेटेड फ्याटी एसिड पाइन्छ जसले गर्दा कोलेष्ट्रोल लेभललाई कन्ट्रोल गर्न मद्दत पुर्याउछ । यसको सेवाले गर्दा मुटुको बिरामीलाई पनि बच्न मद्दत पुर्याउँछ ।

५ एंटी-ऑक्सीडेंट र ट्रिप्टोफेन गुणले भर्पुर बदाम सेवनले गर्दा तनाव बाट पनि मुक्ति दिलाउन मद्दत पुर्याउछ । डिप्रेसन हुनबाट पनि बदामको सेवनले बचाउछ ।

६ बदामको नियमित सेवन गर्दा मधुमेहको सम्भावना २१ प्रतिशतले घट्न मद्दत पुर्याउछ । बदाममा पाईने मैगनिज नामको तत्वले ब्लड शुगरलाई कन्ट्रोलमा राख्छ जसले गर्दा मधुमेहको खतरा केहि हद सम्म कम हुन पुग्छ ।

७ सुत्केरी अवस्थामा बदाममा पाईने फोलिक एसिडले गर्दा शिशुमा हुने न्युरल ट्युब डिफ़ेक्टको खतरा कम हुन मद्दत पुर्याउछ । 

८ बदाममा पाईने मोनो-सैचुरेटेड एसिड र एंटी-ऑक्सीडेंट गुणले स्किनलाई नरम बनाउन मद्दत पुर्याउछ । स्किनमा ब्लड सर्कुलेशन बढाउन मद्दत पुर्याउने हुँदा अनुहारमा चमक ल्याउछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।