कञ्चनपुरमा विद्युतीय भाँडोमा पानी तताउने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। जिल्लाको भीमदत्त नगरपालिका–३ नौलाखेतमा विद्युतीय भाँडोमा पानी तताउने क्रममा करेन्ट लाग्दा ४५ वर्षीया मानती धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।



भान्छा कोठामा पानी तताउने क्रममा करेन्ट लागेर बेहोस भएकी धामीको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। बेहोस अवस्थामा अस्पताल पुगाइएको भएपनि चिकित्सकले धामीलाई मृत घोषणा गरेका हुन्।
Views: 137

























