२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

त्रिविले माग्यो ५ सय ७४ जना कर्मचारी !

त्रिभुवन विश्वविद्यालयले  ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ ।  त्रिविले  विभिन्न सङ्कायमा लागि प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदका लागी ५ सय ७४ जना कर्मचारीको माग गरेको हो । 

आइतबार  विज्ञापन प्रकाशन गर्दै त्रिविले विभिन्न संकायका लागि खुला प्रतियोगिताबाट पदपूर्तिका लागि ५ सय ३८ उपप्राध्यापक, २४ सहप्राध्यापक र १४ प्राध्यापक माग गरेको हो ।आवेदन  आगामी चैत १४ बजेसम्म दिन सकिने छ भने 
डबल दस्तुर तिरेर चैत २१ गतेसम्म आवेदन दिन सकिने छ । 

प्राध्यापक पदका लागि ३ हजार ५ सय आवेदन दस्तुर तोकिएको छ भने सहप्राध्यापकका लागि ३ हजार २ सय र उपप्राध्यापकका लागि ३ हजार रुपैयाँ दस्तुर तोकिएको छ । 

स्नातकोत्तर तह उतीर्ण गरेका व्यक्तिले हालसालै खिचिएको फोटो, आधिकारिक हस्ताक्षर, नागरिकता, स्नातक तहदेखि माथिका सबै योग्यताको लब्धाङ्कपत्र, प्रमाणपत्रहरु र समकक्षताको प्रमाणपत्र, बायोडाटा लगायतका कागजात पेश गर्नुपर्नेछ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।