२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

तीन दशकपछि बाघको अध्ययन शुरु

बारा- पर्सा राष्ट्रिय निकुञ्जमा तीन दशकपछि बाघको अध्ययन सुरु गरिएको छ ।

राष्टिय प्रकृति संरक्षण कोष, आईयुसिएन नेपाल, युएमको प्राविधिक सहयोगमा राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सहकार्यमा पर्सा निकुञ्जमा बाघ संरक्षणका उपायसहितको अनुसन्धान थालिएको हो ।

सडक दुर्घटना र मानवीय क्षति रोक्न निकुञ्जभित्रको सडकमा बाघले देखाउने व्यवहार र क्रियाकलाप बुझ्न पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेका बाघको अनुसन्धान शुरू गरिएको हो ।

विभिन्न द्रुतमार्ग, हुलाकी राजमार्ग, रेलमार्ग, विमानस्थल तथा विस्तारित सडक पूर्वाधारका कारण बाघ र अन्य वन्यजन्तुको बासस्थान र साँघुरिदै गएपछि बाघ तथा अन्य वन्यजन्तु दुर्घटनामा पर्ने र मानवीय क्षति बढेपछि तीस वर्षमा दोस्रो पटक बाघको अनुसन्धान थालिएको हो ।

विज्ञ तथा प्राविधिक टोलीले अध्ययनका लागि नियन्त्रणमा लिएको बाघको शरीरमा आधुनिक प्रविधिको रेडियोकलर जडान गरी, जीपीएस लोकेशनसहित जंगलमा छोडिसकेको र सो बाघको गतिविधि अध्ययन सुरु भएको जनाइएको छ ।

हाल पर्सा राष्ट्रिय निकुञ्जको करिब १६ हजार हेक्टर क्षेत्रफलमा पाटेबाघ पाइन्छ भने त्यहाँ १८ वटा बाघ रहेको पर्सा निकुञ्जले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।