२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

गाँजा जलाउन जाँदा स्थानीयले कुटे प्रहरी

धनगढी –  मकवानपुरको राक्सिराङ गाउँपालिका–१ गाल्छाराङमा बारीमा लुकाई राखेको करिब १८ क्वीन्टल गाँजा प्रहरीले जलाई नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा जलाएर नष्ट गरेको हो । गाँजा नष्ट गरी कार्यालय फर्कने क्रममा सोही गाउँपालिका कुपिनटारस्थित सडकमा स्थानीयहरूले अवरोध गरी प्रहरीको गाडीहरू र प्रहरीहरूलाई समेत हातपात गरेको थियो ।

प्रहरीले हवाई फायर समेत गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो । सडक अवरोध गरी प्रहरीलाई हातपात गर्नेमध्ये सोही गाउँपालिका–१ बस्ने ४० वर्षीय कान्छालाला रुम्वालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

साथै सोही गाउँपालिका कुपिनटारस्थित बारीमा रहेको अवैध लागूऔषध १५ केजी गाँजा र १४ केजी गाँजाको भाँङ समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।