२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

चौथो शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

कञ्चनपुर,९ फागुन ।  ‘पर्यटकीय सम्भावनाको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने मूल नारा सहित कञ्चनपुरमा चौथो शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ ।भीमदत्त नगरपालिकाको आयोजनामा आइतबारदेखि सञ्चालन भएको चौथो शुक्लाफाँटा पर्यटन महोत्सव एक हप्तासम्म सञ्चालन हुनेछ । महोत्सवको वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरेका हुन् ।

 भीमदत्त नगरपालिकाको आयोजनामा सुरु भएको महोत्सव फागुन १५ गतेसम्म चल्नेछ। बाह्रसिंगाको लागि निक्कै प्रसिद्ध मानिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगली हात्ती, पाटेबाघ, चितुवा, एकसिंङ्गे गैँडा, घोडगधा, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर पनि देख्न पाइन्छ ।

वन्यजन्तु तथा चराचुरुङ्गीहरूका लागि महत्त्वपूर्ण मानिने निकुञ्जमा साल, सिसौँ र खयरको जंगल तथा ठूलो घाँसे मैदान समेत रहेको छ । त्यस्तै, रानी ताल सहित अन्य ससाना दर्जनौँ तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।