कैलाली,९ फागुन । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश अब औधोगिक विकास तर्फ लम्केको बताएका छन् । आईतवार आफ्नै निवासमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन ।



प्रधानमन्त्री केपी शर्मा ओली भोली बिहान कञ्चनपुरको दैजी छेला औधोगिक क्षेत्रको उदघाटन गर्न आउँदै हुनुहुन्छ, मन्त्री भट्टले भने, ‘सुखी नेपालीको नारालाई कार्यान्वयन गर्न देशभर औधोगिक क्षेत्रहरुको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।’
९ अरबको लागतमा ५ बर्ष भित्र सक्ने गरी दैजी छेला औधोगिक क्षेत्रको निर्माण हुन लागेको मन्त्री भट्टको भनाई छ । उनले सुदूरपश्चिममा आर्थीक क्षेत्रको सम्भाब्यता पत्ता लगाएर कार्य आगाडी बढाइएको बताए । ‘हरैयामा साढे ३ सय बिगाह क्षेत्रफलमा सेज निर्माण, डुढेझारीमा औधोगिक क्षेत्र, कञ्चनपुरमा सुख्खा बन्दरगाह को अध्यन प्रतिबेदनको काम अगाडी बढि सकेको छ ,’ मन्त्री भट्टले भने , ‘बिशेष गरी यो क्षेत्रका खानीहरुको पहिचान गरेरे उतखनन अन्बेषण गर्ने कार्य शुरु भएको छ , त्यसमा पनि बाजुरामा रहेको फलाम खानीको पनि यो बर्ष भित्र काम अघि बढाइएको छ ।’ गेटा मेडिकलको भौतिक पूर्बाधार निर्माणको कार्य सकिँदै छ ।
प्रधानमन्त्री र शिक्षामन्त्रीसँग कुराकानी भएको छ अब त्यो मेडिकल मा रहेको समितीले पनि अध्यन गर्दै छ होला,’ उनले भने ,’अब यसले सुदूरपश्चिमको मात्रै नभएर देशकै मेडिकल क्षेत्रमा योगदन पुर्याउने भएकाले विश्वबिधालयको रुपमा बिकास गर्ने कुरो हुन्छ । छिट्टै शिक्षामन्त्री यँहा लिएर आउंछौ अनी विश्वबिधालयको मोडेलमा अगाढी बढछ ।

























