२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

भारतबाट १० लाख डोज कोडिभ १९ विरुद्धको खोप आज आइपुग्दै

भारतको सेरम कम्पनीले उत्पादन गरेको १० लाख डोज कोडिभ १९ विरुद्धको खोप आज आइपुग्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती निकालेर आइतबार दिउँसो भारतको सेरम कम्पनीले उत्पादन गरेको १० लाख डोज कोभिड खोप आइतबार आइपुग्ने जनाएको हो । सरकारले २० लाख डोज खोप खरिद प्रक्रिया अगाडी बढाएको छ ।

सरकारले भारतसँग खरिद गरेर ‘कोभिशिल्ड’ खोप ल्याउन लागेको हो । दिल्लीबाट एयर इण्डियाको जहाजबाट ल्याउन लागिएको खोप दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । खोप ल्याएपछि टेकुमा रहेको भण्डारण स्थलमा राखिनेछ । त्यसपछि फागुन २३ देखि कोभिड खोप अभियान अन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयमार्फत वितरण हुनेछ ।

सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरेर खोप ल्याउन लागेको हो । भारतीय कम्पनीले सबै भुक्तानी दिएपछि मात्रै खोप उपलब्ध गराउन सकिने भनेपछि सरकारले ऐन संशोधन गरेर खोप खरिद प्रक्रिया अगाडी बढाएको हो ।

यसअघि भारतले १० लाख डोज खोप अनुदान दिएको थियो । सो खोप पहिलो चरणमा फ्रन्टलाइनरलाई वितरण गरिएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।