धनगढी । बैतडी समाज कैलालीले धनगढीमा शनिबार आयोजना गरेको ५ औँ वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । होटेल जलशाको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा १०७ जनाले रगतदान गरेको आयोजकले जनाएको छ ।



रगत अभावलाई ध्यानमा राखेर बैतडी समाज कैलालीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रमका संयोजक राज बहादुर चन्दले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको जानकारी दिए ।
रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको समाजले आगामी दिनहरुमा पनि यस्ता क्रियाकलाप गर्दै जाने उनल प्रतिबद्धता व्यक्त गरे । साथै संयोजक चन्दले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने रक्तदाता लगायत सबैलाई धन्यवाद ज्ञापन गरेका छन ।
Views: 186


















