२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

मैले सिङजुरो हालिदिएँ, प्रचण्ड अहंकारी बन्नुभयो : ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले २/४ सिटमा समित हुने प्रचण्डलाई आफूले सिङजुरो होलिदिएपछि अहंकारी बनेको बताएका छन् ।

बिराटनगरमा शनिबार भएको आमसभालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका ओलीले अब प्रचण्डको नियति असफलता बाहेक केही नहुने बताए ।

‘२/४ सिटमा सिमत हुने प्रचण्डलाई ल्याएर फेरि एउटा जुरो हालिदिएको थिएँ । फेरि सिङ हालिदिएको थिएँ’ उनले भने, ‘लामा सिङ भएपछि उहाँमा अहंकार चढ्यो । उहाँले हामीलाई नै सिध्याउँछु भन्न थाल्नुभयो । अब उहाँको नियति असफलता बाहेक केही हुन सक्दैन ।’

पहिले बैद्यले छाडेपछि डाक्टरलाई साथ पाएका प्रचण्डसँग अहिले झाँक्री रहेको भन्दै प्रधानमन्त्री ओलीले अघि भने, ‘अब झाक्रीले उहाँलाई बचाउन सक्दैन ।’

त्यस्तो नहोस् भन्ने चाहेको भन्दै उनले अझै पनि र्फकन चाहे आउन आग्रह गरे । ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अघि भने, ‘उहाँ फर्किने बाटोमा हुनुहुन्न, भिडबाट लडनेलाई राम भन्न सकिन्छ काध हाल्न सकिन्न ।’onlinekhaber

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।