काठमाडौँ- एक जना श्रीमानले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।



शनिबार बिहान करिब साढे २ बजे दोलखाको कालिन्चोक गाउँपालिका-६, लापिलाङ निबासी २७ वर्षीय हिमाल थामीले खुकुरी प्रहार गरेर २१ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका हुन् ।
खुकुरी प्रहारबाट श्रीमतीको टाउको तथा शरिरका विभिन्न भागमा गहिरो चोट लागेर ओछ्यानमै मृत्यु भएको हो । हत्या गरेर भाग्न लागेका थामीलाई बिहान करिब साढे ५ बजे कालिञ्चोक गाउँपालिका-७, स्थित सिसागोलाईबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
अनलाइन खबर
Views: 191

























