२०८१ आश्विन ४ शुक्रबार
२०८१ आश्विन ४ शुक्रबार

सफलताको सूत्रः सपना चन्द्र छुने हुनु पर्छ , बाटो अवश्य भेटिन्छ

यो संसारमा केही मानिसहरु छन् जसलाई आफ्नो गन्तव्य त थाहा हुन्छ तर उनीहरु त्यहाँ नपुगेरै बाटो मोड्न चाहन्छन् । किन रु किनकि सफलताको त्यो यात्रामा कयौं अप्ठ्यारा अवस्थाहरु आउँछन् ।

अनि ती अप्ठ्यारा अवस्था नै त्यसरी यात्रा गरिरहेका मानिसहरुका लागि समस्या भइदिन्छन् ।

उनीहरु सोच्छन् कि आफूले देखेको सपना पूरा हुने सपना होइन, आफू जान चाहेको गन्तव्यका लागि आफू सबल भइसकेको छैन ।

बीचमै निराश हुनेहरुका लागि संसारमा समस्या धेरै हुन्छन् । तर, उनीहरुले कहिल्यै सोच्दैनन् कि आफ्नै गन्तव्य वा सपनाले पनि परीक्षा लिइरहेको हुन्छ ।

आकाश छुने चाहना राखेर हिँड्नेहरु केही पाइलामा नै थकित हुन्छन्, केही समयमा नै थाकेर आफ्नो गन्तव्य बिर्सन खोज्छन् र जीवनका अनेक कुरामा अल्झिन्छन् । 

अर्कोतिर साँच्चिकै आफ्नो लक्ष्यमा पुग्ने यात्रामा निस्किएकाहरु कुनै पनि समस्याले डगमगाउँदैनन् । हो, उनीहरु डगमगाउन खोजेका धेरै क्षणहरु देखिन्छन् ।

तर, त्यस्ता क्षणमा उनीहरुले मनमा आफ्ना कुरा बिर्सँदैनन् र अगाडि बढ्छन् । समाजले त्यस्ता व्यक्तिलाई कहिलेकांही जिद्दीको उपमा पनि दिन्छ ।

तर, जिद्दी नहुने हो भने यात्रामा आकाशसम्म पुग्न सकिँदैन । मुश्किल तथा समस्याहरुलाई पार गरेर नै अगाडि बढ्न सकिन्छ ।

हो, कहिलेकांही यस्ता परिस्थितिहरु आउँछन् जसले हामीलाई बाटोमा नै रोक्ने हो कि भन्ने पर्न सक्छ । तर, ती परिस्थिति तथा समस्या जसरी आउँछन्, त्यसरी नै जान्छन् ।

एउटा मात्र कुरा हामीले सम्झनु पर्ने के हो भने चाहना राख्नुपर्छ, बाटो अवश्य भेटिन्छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।