इन्डियन प्रिमियर लिग (आइपिएल)को १४ औं संस्करणका लागि टिमको लाइन अप तयार भएको छ।



बिहीबार भएको खेलाडी अनुबन्धन (अक्सन) सँगै किंग्स इलाभेन पञ्जावले सर्वाधिक ९ खेलाडीलाई टिममा भित्राएको छ। त्यस्तै कोलकाता नाइटराइडर्स, दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बैंगलोर, तथा राजस्थान रोयल्सले समान ८–८ खेलाडी अनुबन्धन गरेका छन्। मुम्बई इन्डियन्सले ७ तथा चेन्नई सुपर किंग्सले ६ खेलाडी अनुबन्धन गर्दा सनराइजर्स हैदराबादले सर्वाधिक कम ३ खेलाडी अनुबन्धन गरेको छ।
कुन टिम कस्तो बने?
१ रोयल्स च्यालेन्जर्स बैंग्लोर
खेलाडी लिलामीपछि आरसिबीको ब्याटिङ लाइनअप थप आक्रमक भएको छ। कोहली र एबीडि भिलियर्ससँगै अब टिममा ग्लेन म्याक्सवेल पनि जोडिएका छन्। बैंगलोर पुन एकपटक आक्रामक हुने निश्चित छ। अब कोहली पडिक्कलसँगै ओपनिङका लागि समेत खुला भएका छन्।
पछिल्लो क्रममा काइल जेमिसन र डेनियल क्रिश्चियनजस्ता अलराउन्डरले टिमलाई थप मजबुत बनाएका छन्। युवा खेलाडीमा मोहम्मद्ध अजहरुद्दिननको उपस्थिति राम्रो मानिएको छ।
को को छन् आरसिबीको टिममा?
विकेट किपर : जोश फिलिप, शाहबाज अहमद
ब्याट्सम्यानस् विराट कोहली(कप्तान),देवदत पडिक्कल, एबिडि भिलियर्स
अलराउन्डरस् हर्षल पटेल, पवन देशपाण्डे,
स्पिनरस् एडम जम्पा, युजवेन्द्र चहल
तिब्र बलर केन रिचर्डसन, नवदीप सैनी, मोहम्मद सिराज
नयाँ अनुबन्धन
ब्याट्सम्यानस् सचिन बेबी, रजत पाटिदार,
अलराउन्डर ग्लेन म्याक्सवेल, काइल जेमिसन, डेनियल क्रिश्चियन, सुयश प्रभु देसाई
विकेटकिपर केएस भरत, मोहम्मद्ध अजहरुद्दिन
२ कोलकाता नाइटराइडर्स
कम रकम खर्च गरेर राम्रा खेलाडी खरिद गर्न कोलकाता सफल भयो। सुझबुझपूर्ण निर्णय लिएको कोलकाताले राजस्थानले जति रकम खर्च गरेर क्रिस मोरिस खरिद गर्यो। त्यसको आधा रकममै कोलकाताले ८ शानदार खेलाडी खरिद गर्यो। जसमा शकिब अल हसन तथा बेन कटिङजस्ता अलराउन्डर रहँदा करुण नायर र हरभजन सिंहजस्ता अनुभवी खेलाडीलाई पनि भित्र्यायो।
कोलकताको अहिलेको टिम
विकेट किपर दिनेश कार्तिक, टिम सिफर्ट
ब्याट्सम्यानस् इयोन मोर्गन (कप्तान) शुभमन गिल, राहुल त्रिपाठी, रिकु सिंह
अलराउन्डर सुनिल नरेन, आन्द्रे रसेल
स्पिनर कुलदीप यादव
तीव्र बलर प्याट कमिन्स, लक्की फर्गुसन, सन्दीप वारियर, प्रसिद्ध कृष्णा
नयाँ अनुबन्धन
विकेट किपर शेल्डन ज्याक्सन
ब्याट्सम्यान करुण नायर
अलराउन्डर शकिब अल हसन, बेन कटिङ्गस, पवन नेगी, वेंकटेश अप्पयर
स्पिनर हरभजन सिंह
तीव्र बलर वैभव अरोडा
३ चेन्नई सुपर किंग्स
चेन्नईले अफ स्पिनर तथा अलराउन्डरमा जोड गरेको दिएको छ। चेन्नईमा पछिल्लो केही सिजनयता स्पिनर अभाव देखिएको छ। यो अक्सनमा उसले हरभजनलाई रिलिज गर्दै केही राम्रा स्पिनरको खोजीमा रहेको प्रस्ट थियो। मोइन अली र कृष्णप्पा गौतमजस्ता अफ स्पिनर अब टिमको हिस्सा रहनेछन्। जसले ब्याटिङमा पनि टिमलाई योगदान दिन सक्नेछन्।
अहिलेको टिम
विकेट किपर महेन्द्र सिंह धोनी (कप्तान), नारायण जगदीशन, अंबाती रायडू
ब्याट्सम्यान ऋतुराज गायकवाड, सुरेश रैना, रोबिन उथप्पा, फाफ डु प्लेसिस
अलराउन्डर ड्वेन ब्राभो, सेम करन, रविन्द्र जडेजा, दीपक चाहर, मिचेल सेन्टनर
स्पिनर कर्ण शर्मा, इमरान ताहिर
तीव्र बलर केएम आसिफ, जोश हेजलवुड, शार्दुल ठाकुर, लुंगी एनगिदी
नयाँ सम्झौता
ब्याट्सम्यान चेतेश्वर पुजारा, सी हरि निशान्त
अलराउन्डर मोइन अली, कृष्णाप्पा गौतम, के भगत वर्मा
तीव्र बलर एम हरिशंकर रेड्डी
४ दिल्ली क्यापिटल्स
३ दशमलव २ करोडमा कप्तान भइसकेका स्टिव स्मिथ तथा उमेश यादवजस्ता खेलाडी भित्र्याउनु दिल्लीको सफलता हो। उसले २.२ करोडमा स्मिथ र १ करोडमा यादवलाई सामेल गर्न सफल रह्यो।
गत संस्करणमा आइपिएलको फाइनलमा ब्याटिङ लाइनअपको अभाव पूरा गर्न स्मिथ सफल हुने दिल्लीलाई विश्वास छ। साथै डेथ ओभरमा अब उमेशले कागिसो रबाडालाई सघाउने छन्।
अहिलेको टिम
विकेटकिपर ऋषभ पन्त
ब्याट्सम्यान श्रेयश अय्यर (कप्तान), पृथ्वी शा, अजिंक्य रहाणे, शिखर धवन, शिमरोन हेटमेयर
अलराउन्डर क्रिश वोक्स, रविचन्द्र अश्विन, मार्कस स्टोइनिस, अक्षर पटेल, प्रवीण दुबे, ललित यादव
स्पिनरस् अमित मिश्रा
तीव्र बलर इशान्त शर्मा, एनरिच नोत्जे, कागिसो रबाडा, आवेश खान
नयाँ अनुबन्धन
विकेटकिपर विष्णु विनोद, सेम विलिंग्श
ब्याट्सम्यानस् स्टीव स्मिथ
अलराउन्डर टम करन, रिपल पटेल,
स्पिनर एम सिद्धार्थ
तीव्र बलर उमेश यादव, लुकमान मेरिवाला
५ राजस्थान रोयल्स
क्रिस मोरिसको आगमनसँगै डेथ ओभरमा ब्याट र बल दुबैबाट राजस्थानलाई राहत मिलेको छ। राजस्थानले क्रिस मोरिसको नाममा आइपिएलकै सर्वाधिक मँहगो मूल्य चुकाएको छ।
उसले अक्सनअघि जोफ्रा आर्चरको ब्याकअपका लागि एक डेथ ओभर स्पेसलिस्टको खोजी गरेको थियो, जसलाई मोरिसले पूरा गर्ने छन्। जहाँ राहुल तेवतिया र रियान परागसँगै शिवम दुबेले पछिल्लो क्रम सम्हाल्नेछन्। मुस्तफिजुर रहमानको आगमनले टिमको बलिङ अट्याक पनि बलियो बनेको छ।
अहिलेको टिम
विकेटकिपर सन्जु सैमसन(कप्तान) अनुज रावत, जोस बटलर
ब्याट्सम्यान डेविड मिलर, राहुल तेवतिया, मन्न बोहरा
अलराउन्डर रियान पराग, यशस्वी जयसवाल, बेन स्टोक्स, श्रेयस गोपाल, जोफ्रा आर्चर, महिपाल लोमरोर
स्पिनर मंयक मार्कन्डे
तीव्र बलर कार्तिक त्यागी, जयदेव उन्नादकट, एन्ड्रियु टाई
नयाँ अनुबन्धन
अलराउन्डर क्रिस मोरिस, शिवम दुबे, लियाम लिविंगस्टोन
स्पिनरस् केसी करियप्पा
तीव्र बलर मुस्तफिजुर रहमान, चेतन सकरिया, कुलदीप यादव, आकाश सिंह
६ किंग्स इलावेन पञ्जाव
पञ्जाव यो पटक धेरै खेलाडी खरिद गर्ने टिमका रुपमा रह्यो। फास्ट बलिङमा जोड दिएको पञ्जावले अक्सनमा सोही अनुरुप बोली लगायो। उसले यो अक्सनमा जे रिचर्डसन तथा राइली मेरिडिथ जस्ता बलरमा लगानि गर्यो।
रिचर्डसनलाइई मँहगो मूल्यमा खरिद गरेको पञ्जाव उनको प्रदर्शन उत्कृष्ट हुने अपेक्षामा छ। अस्ट्रेलियाको बिग बास लिगमा २०२०(२१ सिजनमा २९ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए।
अहिलेको टिम
विकेटकिपर लोकेश राहुल (कप्तान) प्रभासिमरन सिंह, निकोलस पुरन,
ब्याट्सम्यान मंयक अग्रवाल, मन्दिप सिंह, क्रिस गेल
अलराउन्डर दर्शन नलकंडे, हरप्रित ब्रार, क्रिस जोर्डन, दीपक हुडा, सरपराज खान
स्पिनर रवि विश्नोइ मुरुगन अश्विन
तीव्र बलर अर्शदीप सिंह, मोहम्मद शमी, इशान पोरेल
नयाँ अनुबन्धन
अलराउन्डर शाहरुख खान, मोइसेस हेनरिक्स, जलज सक्सेना, फैबियन एलन, सौरभ कुमार, उत्कर्ष सिंह, डविड मलान
तीव्र बलर जे रिचर्डसन, राइली मेरिडिथ
७ मुम्बई इन्डियन्स
साबिक च्याम्पिनय मुम्बइले यो पटक बलिङ लाइन थप बलियो बनाउने प्रयास गरेको छ। उसले नाथन कुल्टर, एडम मिल्ने, जेम्स नीशम र पीयुष चावललाई अनुबन्धन गर्दै बलिङ पाटो बलियो बनाउन ध्यान दिएको छ। अपेक्षा अनुसार नै अर्जुन तेन्दुलकरलाई मुम्बईले खरिद गर्यो। उनी पनि बायाँ हाते तीव्र बलर हुन्।
अहिलेको टिम
विकेटकिपर क्विटन डिकक, इशान किशन, आदित्य तारे
ब्याट्सम्यान रोहित शर्मा (कप्तान), क्रिस लिन, अनमोलप्रित सिंह, सूर्यकुमार यादव, सौरभ तिवारी
अलराउन्डर जयन्त यादव, क्रुणाल पंड्या, हार्दिक पंड्या, कीरन पोलार्ड, अनुकलु राय
स्पिनर राहुल चाहर
तीव्र बलर जसप्रित बुम्राह, ट्रेन्ट बोल्ट, धवल कुलकर्णी, मोहसिन खान
नयाँ अनुबन्धन
अलराउन्डर जेम्स निशम, यधवीर चरक, मार्को जेंसेन, अर्जुन तेन्दुलकर,
स्पिनर पीयुष चावला
तीव्र बलर एडम मिल्ने, नाथन कुल्टर नाइल
८ सनराइजर्स हैदरावाद
सनराइजर्स हैदरावादले कम स्लटका कारण धेरै खेलाडी खरिद गर्न सकेन। हैदरावादसँग अक्सनबाट खेलाडीका लागि केवल ३ स्लट मात्र खाली थियो। यद्धपि उसको पर्समा १०.७५ करोड थियो।
उसले केही राम्रा खेलाडी खरिद प्रयास गर्यो। तर दोस्रो टिमले बढी बोली लगाएका कारण उसले खरिद गर्न सकेन। टिमले केदार जाधव, मुजीब उर रहमान र जगदीश सुचित जस्ता खेलाडीबाटै काम चलाउने निर्णय लियो।
मध्य क्रममा मनिष पान्डेमाथि रहेको प्रेसरलाई कम गर्न उसका लागि केदार जाधव महत्वपूर्ण हुन सक्छन्। डेभिड वार्नर, केन विलयम्सन, भुवनेश्वर कुमार, मिचेल मार्शजस्ता खेलाडीका कारण हैदरावाद अक्सनमा राम्रा खेलाडी भित्राउन नसके पनि चिन्तामा भने छैन।
अहिलेको टिम
विकेटकिपर ऋद्धिमान सा, जोनी बेयरिस्टो, श्रीवत्स गोस्वामी,
ब्याट्सम्यान डिभड वार्नर (कप्तान) केन विलयम्सन, प्रियम गर्ग, मनिष पांडे, विराट सिंह
अलराउन्डर मिचेल मार्स, जेसन होल्डर, मोहम्मद नबी, विजय शंकर, अभिषेक शर्मा, अब्दुल समद
स्पिनर रासिद खान, शाबाज नदीम
तीव्र बलरस् भुवनेश्वर कुमार, टी नटराजन, सन्दीप शर्मा, खलील अहमद, सिद्धार्थ कौल, बासिल थम्पी
नयाँ अनुबन्धन
अलराउन्डरस् केदार जाधव
स्पिनर मुजीब उर रहमान, जगदीश सुचित

























