२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

सुन्तलामा ह्रास आएपछि विज्ञ टोली पकेट क्षेत्रमा

हरिश चन्द/ डडेल्धुरा – सुन्तला उत्पादनका लागि पकेट क्षेत्रका रुपमा प्रख्यात डडेल्धुराको भागेश्वर गाउपालिका को वडान.ं५ सिराडमा पछिल्ला वर्षदेखि सुन्तला उत्पादनमा कमी हुँदै आएको छ । पकेट क्षेत्रमै सुन्तला उत्पादनमा कमी आउन थालेपछि विज्ञ टोलि सिराडमा वडानं. ५ मा गएका हुन ।

सुन्तला जातका फलफूलका विरुवालाई विभिन्न किसमका रोग तथा किराले नष्ट गर्न थालेपछि पोकेट क्षेत्र मानिएकै ठाउँमा सुन्तलाको उत्पादन घटेको हो । धेरै ठाँउमा रहेका सुन्तला तथा जुनार बारी नै हराई सकेका छन् ।

केहि वर्षयतादेखि किराले पात चुस्ने फल खस्ने सिट्रस ग्रेनीङ रोगका जरा कुहुने कारण बोट सुक्न थाले पछि सुन्तला उत्पादनमा कमि आएको र यस क्षेत्रमा ब्याट्रोरिया, ग्रेनीङ, माटोको नमुना स्क्रयास टेष्ट गर्ने वाली संरक्षण प्रयोग शाला सुन्दरपुर कन्चनपुरका सुचाना अधिकारी अम्बादत्त विष्टले जानकारि दिनु भयो । केहि वर्ष पहिला घोषण गरिएका पकेट क्षेत्रमा सुन्तलाका ठुटा मात्रै छन् ।

’नर्सरी नै हराउन थालिसक्यो फेरि सुन्लाको व्यवसायिक खेतिका लागि प्रदेश सरकारले कृषकलाई सुन्तला फलफुल बगैचा पुर्नरस्थापना तथा ह्रास रोग नियन्त्रण कार्यक्रम ल्याएको बाली संरक्षण प्रयोगशालाका कार्यालय प्रमुख सिद्ध राज उपाध्यायले जानकारि दिनु भयो । उनले भने पहिलो चरणमा तिन वटा जिल्ला डडेल्धुराको भागेश्वर वडानं.५ , डोटि जिल्लाको वोगटान र अछाम जिल्लामा अभिमुखि कार्यक्रमका साथै सवै नमुना टेष्ट गर्ने उपाध्याले वताउनु भयो ।

केही वर्ष अगाडी पकेटक्षेत्र घोषणा गरिएका भागेश्वर गाउँपालिकाका वगरकोट , चुल्लसिराड र रुपालमा सुन्तला जातका फलफूलका लागि उत्कृष्ट स्थान रहेका थिए । तर त्यस क्षेत्रमा पनि सुन्तलाका बिरुवा हराउन थालेको स्थानीय नवराज जैशीले बताए । उनले भने, ’पछिल्ला केहि वर्षयता बिरुवा नै सुकेर जान थालेपछि सुन्तलाका दाना पनि साना हुने र मिठो पनि कम हुने गरेको छ ।’

बोट सुक्ने किराले पात चुस्ने,फल खस्ने ग्रेनीङ रोगका कारण सुन्तलाका बोट सुकेर बगैचा उजाड बन्न थालेको र सुन्तला फलफुल बगैचा पुर्नस्थापनाका लागि आफुले जानेको सवै खाले ज्ञान कृषहरुलाई जानकारि गराउने उद्देश्यरहेको जुनार सुपरोनका वरिष्ठ बागवाणि अधिकृत देवराज अधिकारीले वताए । फलफूलका बोट सुक्दै जानु, बोटमा सानो दाना फल्ने र दाना नपाक्दै झरेर जाने समेत वताए । उहाँले भने सुन्तला र जुनार उत्पादन गर्नमा कृषको अहम भुमिका रहने र मानिश जस्तै विरुवाले पनि के चिजको आवश्यकता हो उसले आफनो पहिचान दिने गरेको समेत वताए ।

सुन्तला जातका फलफूलका बिरुवा आधुनिकरण गरेर नयाँ वोटहरु लगाउने र कल्मेगरि लगाउदा प्रभाकारि हुनका साथै कृषलाइृ टेक्नीकल सहयोग आफुले जति खेरनि गर्न समिने कृषि विकास निर्देशनालय डोटीका निर्देशक यज्ञराज जोशीले वताउनु भयो ।

पुराना बिरुवा मर्दै जाने र नयाँ पनि धेरै नटिक्ने कारण कृषकको मिहिनेत पनि खेर गइरहेको कृषि प्राविधिक बताउँछन् । सुन्तलाका लागि माटो नै परिक्षण गरी आधुनिक सुन्तला खेतिमा जानुपर्ने कृषी अनुसन्धान निर्देशनालयका निर्देशक केब श्रेष्ठले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।