२०८१ आश्विन ४ शुक्रबार
२०८१ आश्विन ४ शुक्रबार

भारतः कोरोना संक्रमितको संख्या १५ लाख नाघ्यो, मृतकको संख्या कति ?

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १५ लाख नाघेको छ ।जसमा मृत्यु हुनेको संख्या पनि ३४ हजार पुगेको छ ।

भारतमा संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ र थुप्रै क्षेत्रहरुमा लकडाउन लागू गरिएको छ, तर भारतको संघीय स्वास्थ्य मन्त्रालयको वेभसाइटमा यतिखेर जम्मा संक्रमितको संख्या उल्लेख गर्न छाडिएको छ र निको हुनेहरुको संख्या राख्नमा विशेष जोड दिइएको छ ।

घेरै विज्ञहरुको रायमा भारतले पर्याप्त जनसंख्यामा परीक्षण गरिरहेको छैन । साथसाथै, कोरोनाका कारण मर्नेहरुको तथ्यांक पनि रेकर्ड गरिएका छैन तर बुघबार मात्रै भारतमा ५० हजार नयाँ संक्रमितहरु फेला परेका छन् र ७६८ जनाको निधन भएको छ ।

संसारकै सबैभन्दा भीडभाडयुक्त शहरहरु भएका तथा जनस्वास्थ्यमा प्रतिव्यक्तिको हिसाबले विश्वमै सबैभन्दा कम खर्च गर्ने दक्षिण एशियामा अवस्थित भारतमा गत १२ दिनअघि मात्रै संक्रमितको संख्या १० लाख नाघेको थियो ।

गत मंगलबारमात्रै प्रकाशित एक अध्ययनमा कोरानाभाइरस एन्डिबडीको परीक्षणको रिपोर्टले मुम्बईका घनाजनसंख्यावाला झुपडपट्टीका ५७ प्रतिशत मानिसहरुमा कोरोनाको संक्रमण भइसकेको देखाएको थियो ।

यो भनेको सरकारी तथ्यांकहरुमा देखाएका भन्दा धेरै बढी हो ।उक्त अध्ययन कार्यमा संलग्न टाटा इन्स्टिच्यूट अफ फन्डामेन्टल रिसर्चका उल्लास एस कोल्थुरले ‘उक्त नतिजाले आफू तीनछक्क परेको’ बताएका छन् ।

‘ झुपडपट्टी इलाकाहरुमा, यति धेरै संक्रमण देखिनुको कारण त्यहाँ घना आवादी भएका कारण सामाजिक दूरीले काम गर्दैन,’ उनले एएफपी समाचार एजेन्सीलाई बताए ।

गत हप्ता, त्यस्तै किसिमको अध्ययनले भारतको राजधानी नयाँ दिल्लीका एक चौथाई मानिसहरु विगतमा कोरोनाभाइरस संक्रमित भइसकेको देखाएको थियो ।

यो भनेको त्यहाँको सरकारले दावी गरेभन्दा ४० गुनाबेसी हो ।त्यसो त त्यस्ता अध्ययन रिपोर्टहरुमा गरिएको परीक्षण आफैमा कत्तिको सही र पूर्ण थियो भन्ने कुरामा शंका गरिएको छ ।

खासगरी, अहिले महामारी फैलाइरहेको सार्स–कोभ– २ कोरोनाभाइरसका कारण मात्रै हैन, अन्य रुघाखोकी लगाउने तथा सार्स, मेर्स जस्ता कोरोनाभाइरसका कारण पनि त्यस्ता एन्टीबडीहरु पैदा भएको हुन सक्ने सम्भावना पनि उत्तिकै छ । 

त्यसले पनि अहिले गलत नतिजा दिइरहेको हुन सक्छ ।त्यसबाहेक, मुम्बईमा गरिएको सर्वेक्षणमा तुलनात्मक रुपमा ७००० मानिसको नमूना समुहमा परीक्षण गरिएको थियो ।

यो भनेको त्यहाँको जनसंख्याको तुलनामा निक्कै कम हो ।जोन हप्किन्स युनिभर्सिटीको साउन १५ गते बिहान ५ बजेसम्मको तथ्यांकअनुसार यतिखेर भारतमा संक्रमितहरुको संख्या १५ लाख ३१ हजार ६ सय ६९ पुगेको छ भने मृत्यु हुनेहरुको संख्या ३४ हजार १ सय ९३ ।

यो भनेको अमेरिका र ब्राजिलपछिको सबैभन्दा बढी संख्या हो । त्यसो त संक्रमितको तुलनामा निधन हुनेहरुको सरकारी तथ्यांक भने निक्कै कम छ ।त्यसैगरी, जनसंख्याको अनुपातमा भारतमा संक्रमितको संख्या कम छ ।

अमेरिकामा प्रति १० लाख मानिसमा संक्रमित हुनेहरुको संख्या १३,१४८ छ भने भारतमा १,११० मात्रै ।                                                स्रोतः अलजजिरा

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।