२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

भागरथी हत्या प्रकरण : अभियुक्तले देखाएकै ठाउँमा भेटियो भागरथीको घडी

बैतडी । बैतडीमा हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको घडी भेटिएको छ। भागरथीको हत्या अभियोगमा पक्राउ परेका किशोर दिनेश भट्टले देखाएकै स्थानमा बिहीबार घडी भेटिएको प्रहरीले जनाएको छ। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भागरथीको शव भेटिएको केही पर उनको घडी भेटिएको जानकारी दिए। अभियुक्तले देखाएकै ठाउँमा भागरथीको घडी भेटिएको सिंहले बताए । प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले उक्त घडी भेटाएको हो ।

गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथी भोलिपल्ट माघ २२ गते  दोगडाकेदार गाउँपालिकाको लबलेक सामुदायिक वनमा फेला परेकी थिइन्। हत्या भएको दुई हप्तापछि प्रहरीले मंगलबार भागरथीकै भाइ नाता पर्ने दिनेशलाई पक्राउ गरि बुधबार सार्वजनिक गरेको थियो। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।