दिपक राज भट्ट — डडेल्धुरा जिल्ला सदरमुकाममा एकाएक ६ः३० तिर राकाका जुलुसहरु देखिएका हुन । नेविसंघ डडेल्धुराले उक्त राके जुलुसको आयोजना गरेको थियो । सरकारले एक हप्तामा दुई पटक पेटेलको मुल्य दुई पटक बढाएकाले मुल्य फिर्ता गर्नु पर्ने माग र बैतडिको डिलासैनिमा पुर्व मन्त्रि एन.पि साउद,नेविसंघका पुर्व अधक्ष्य नैन सिंह महर र सदस्य डिला संग्रौला माथि हातमात हातपात निनदनिय भएको भन्दै नेविसंघ डडेल्धुराले राके जुलुस निकालेको थियो ।



कर्यक्रममा बोल्दै डडेल्धुरा नेविसंघका कार्यवहाक अधक्ष्य हरिश महराले भने
सरकारले सात दिनमै दुई पटक मुलय बृद्धिले गर्दा जनताको ढाड सेक्ने काम गरेकाले मुल्य फिर्ता तत्काल गर्नु नेविसं घ अनुरोध गर्दछ ,साथै बैतडिमा भएको नेता माथिको दमन निनदनिय रहेकाले दोसि लाई तत्काल कारवाहि गर्नु समेत माग राखेका छौ यदि सरकारले हाम्रो माग पुरा नगरे हामी निरन्तर सड्कमा आउन बाध्य हुने छौ ।

कर्यक्रममा बोल्दै स्ववियु सभापति जगत ऐरले भने हामी प्रहरिको सम्मान र्गछौ हाम्रो कार्यक्रममा प्रहरिले दमन गरे प्रहरि स्वयमले जिम्मेवारि लिनु पर्ने र सरकारका नराम्रा गतिवधिकिा बिरुद्धमा स्ववियु निरन्तर खटिने बताए ।
आयोजना गरिएको राके जुलुस डडेल्धुरा सदरमुकामको पिपल चौतारा बाट सुरु भई भिमदत्त चोकमा आएर कोण सभामा परिणयत भएको थियो । यो हेरौ किहि फोटोहरुः रमेश बोहरा



























