२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

नयाँ मोबाइल किन्दै हुनुहुन्छ भने ख्याल गर्नुस यि कुराहरु

अहिले स्मार्टफोन बजारमा छ्यापछ्याप्ती पाइन्छ । आफ्नो पैसा र आवश्यकता अनुसारको स्मार्टफोनको लागि धेरै विकल्प उपलब्ध हुन्छ । जुनसुकै स्मार्टफोन खरीद गर्दा पनि केही महत्वपूर्ण विषयमा ध्यान दिनु जरुरी हुन्छ । यस्तोमा यहाँ स्मार्टफोन खरीद गर्दा ध्यान दिनुपर्ने केही कुरा उल्लेख गरिएको छ–

१। डिजाइन

स्मार्टफोन खरीद गर्दा त्यसको डिजाइनको विषयमा पनि राम्रोसँग ख्याल राख्नुपर्छ । यस्तोमा फोनमा प्रयोग गरिएको ग्लास मेटलजस्ता कुरामा विशेष ध्यान दिनु पर्छ । साथै फोन चलाउँदा त्यसले दिने प्रतिक्रिया तथा चलाउन कत्तिको सहज छ भन्ने कुरामा पनि ध्यान दिनु जरुरी हुन्छ ।

२। डिस्प्ले

अहिले उच्च रेजुलसनको डिस्प्लेको प्रयोग अत्यधिक मात्रामा भइरहको छ । जसमा अहिले एमोएलईडी डिस्प्लेको छनोट गर्नु राम्रो हुन्छ । अन्य डिस्प्लेको तुलनामा एमोएलईडी डिस्प्ले भएका स्मार्टफोन चलाउन सजिलो हुन्छ ।

३। प्रोसेसर

प्रोसेसर स्मार्टफोनको मुटु हो । यदि प्रोसेसर छिटो र पावरफुल भयो भने फोनको काम पनि राम्रो हुन्छ । अहिले क्वालकोम स्न्यापड्र्यागन ८५५ प्रोसेसर राम्रा स्मार्टफोनमा प्रयोग गरिएको छ । यसले स्मार्टफोनमा केही हेभी गेम खेल्दा पनि कुनै समस्या हुँदैन ।

४। र्‍याम र स्टोरेज

र्‍याम र स्टोरेज स्मार्टफोन खरीद गर्दा ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण कुरा हो । यस्तोमा आफ्नो आवश्यकता अनुसारको र्‍याम तथा स्टोरेज छनोट गर्नुपर्छ । स्मार्टफोनमा धेरै स्टोरेज खपत गर्ने र खुल्नको लागि धेरै स्टोरेज आवश्यक पर्ने एप स्मार्टफोनमा चाहनुहुन्छ भने र्‍याम बढी भएको स्मार्टफोन छनोट गर्नु राम्रो हुन्छ ।

५। क्यामेरा

अहिले धेरै जसो मानिसहरु आफ्नो स्मार्टफोन खरीदकर्ताले आफ्नो स्मार्टफोनको लागि क्यामेरालाई प्राथमिकता लिने गर्छन् । यस्तोमा धेरै कम्पनीले पनि स्मार्टफोनमा राम्रो क्यामेरा अघि सार्ने गरेका छन् । यस्तोमा आफूलाई कुन गुणस्तरको क्यामेरा आवश्यक हुन्छ, त्यसैअनुसारको स्मार्टफोनको छनोट गर्नुपर्छ ।

६। सफ्टवेयर

सफ्टवेयरले पनि स्मार्टफोनमा महत्वपूर्ण भूमिका खेल्छ । स्मार्टफोन एन्ड्रोइड वा आईओएस कुन अपरेटिङ सिस्टममा चल्ने हो । त्यसको पछिल्लो अपडेट उक्त स्मार्टफोनमा छ कि छैन । जस्ता कुराहरुमा विशेष ध्यान दिनु जरुरी हुन्छ ।

७। साउन्ड

No description available.

साउन्डको क्वालिटी पनि स्मार्टफोनको एक महत्वपूर्ण फिचर हो । तर, धेरैले स्मार्टफोन खरीद गर्दा साउन्ड क्वालिटी बारे खासै ध्यान दिँदैनन् । यस्तोमा अडियो क्वालिटी कस्तो छ भन्ने कुरा पनि परीक्षण गर्नु जरुरी हुन्छ ।

८। ब्याट्रि

स्मार्टफोन खरीद गर्दा ब्याट्रिमा पनि ध्यान दिनु जरुरी हुन्छ । त्यसो त स्मार्टफोनमा त्यसै पनि लामो समयसम्म ब्याट्रि बचाइराख्न गाह्रो हुन्छ । तर, पनि कम्तीमा १ वा २ दिनसम्म सजिलै टिक्नसक्ने ब्याट्रि भएको स्मार्टफोन छनोट गर्नु राम्रो हुन्छ । पछिल्लो समय स्मार्टफोन निर्माताले पनि ब्याट्रिको क्षमता बढाउँदै लगेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।