२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

घरेलु विधिबाट कसरी कपाल सिल्की बनाउने

शिरको शोभा नै सुन्दर कपाल हो । यदि कपाल साह्रै जिङरिंग छ भने मुहारको सुन्दरता नै बिग्रिन्छ । मुहारलाई सुन्दर बनाउन सिल्की कपालले निकै मद्दत पुर्याउछ ।

कपाललाई चम्किलो र सिल्की बनाउने केही घरेलु उपाय यहाँ प्रस्तुत गरिएको छः

१। पिसेको मेथीको धुलोमा दही घोलेर प्याक तयार पार्ने । सो प्याक कपालमा लगाई दुई घन्टासम्म छाड्ने । त्यसपछि नुहाउने । जिङरिंग कपालमा यसरी हरेक हप्ता दुई पटक प्याक लगाएमा कपाल सिल्की हुँदै जान्छ ।

२। एक कप मेहन्दीमा दुई कप दही र एक चम्चा जैतुनको तेल मिसाएर कपालमा लगाउने र एक घन्टापछि कपाल धुने । यसो गर्दा पनि कपाल सिल्की र चम्किलो हुन्छ ।

३। दुई कप हिना पाउडरलाई चिसो कफी अथवा चिसो चिया रसमा आवश्यकताअनुसार एउटा अन्डा फुटाएर राख्ने । यी सबै कुरा घोलेर कपालमा लगाउने र एक घन्टापछि कपाल धुने । यसो गर्दा पनि कपाल सिल्की हुन्छ ।

४। बदामको तेलले कन्डिसनरको काम गर्छ । तसर्थ मेहन्दी लगाउँदा त्यसमा बदामको तेल लगाउने गर्नुपर्छ । यसले कपालमा चमक ल्याउँछ ।

५। मेहन्दी, जैतुनको तेल, दही, अन्डा र कफी पाउडर मिसाएर प्याक बनाउने । यसलाई कपालको जरादेखि नै राम्रोसँग लगाउने । एक घन्टापछि पखाल्ने । यसरी पनि कपाल सिल्की हुन्छ ।

६। कहिले काहीँ जैतुनको तेलमा कपुर एक टुक्रा, हालेर टाउकोको मालिस गरेमा कपाल सुन्दर हुनुका साथै टाउकोलाई फाइदा पुग्छ ।

७। आवश्यकताअनुसार बदामलाई एक रात भिजाएर भोलि पल्ट त्यसलाई पिस्ने र त्यसको लेप कपालमा लगाउने । एक घन्टापछि कपाल पखाल्ने । यसले कपाललाई सिल्की, नरम र चम्किलो बनाउँछ ।

८। दैनिक जसो बदाम खानाले कपाललाई फाइदा पुग्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।