डडेल्धुरा — सुदुरपश्चिमका पहाडि जिल्लामा अझै पनि छाउपडि प्रथा कायामै रहेको पाईन्छ । गत पुस देखि देशै भरि छाउपडि गोठ भत्काउने अभियान चालेको थियो । यो अभियान लाई अछाम जिल्लाले पनि साथ दिएको छ। अछाममा हाल सम्म ६०६१ छाउगोठ भत्काएको छ ।



छाउपडिको प्रमुख जड भनेको यहाका चलनचल्ती रहेको र यसका लागि हामीले निरन्तर जनचेतनामुक कार्यक्रम गरिरहेका छौ प्रमुख उपाध्याय ।
पुस चार गते देखि दास्रो चरण अभियान सुरु गरेको छ। छाउगोठ संगै जनहितमा जारि सन्देश दिने काम गरिरहेको जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले जानकारि दिनु भयो ।विवाहित महिलाहरुको छाउगोठका कारण बढि मृत्यु हुने गरेको छ ।
कानूनी व्यवस्था अनुसार मुलुकी अपराध ९संहिता० ऐनको दफा १६८ ९३०ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ।
यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानुनले गरेको छ।
डडेल्धुरामा छाउपडि सम्बन्धि सचेतना दिदै रुडुक डडेल्धुरा
डडेल्धुरामा रुडुक नामक गैरसरकारि संस्थाले पनि छाउपडिका बिषयमा डडेल्धुराका सातै स्थानिय तहका घरघरमा जनहितमा जारि सन्देश दिने काम खगरिरहेको पहिले को भन्दा डडेल्धुरामा निकै परिर्वतन आएको रुडुक डडेल्धुरा का कार्यकारि निर्देशक सरस्वती खड्काले खबरदारी अनलाईन लाई जानकारि दिनु भयो ।
रुडुक डडेल्धुराले महिनावारि स्वाच्छताका बारेमा , सरसफईमा जोड दिनु पर्ने,माछामासु,दुध,दहि पौष्टिक खाना खानु पर्ने दैनिक सरसफईमा जोड दिनुपर्ने र प्याड निमार्ण तालिम समेत दिने गरेको छ ।



























