डडेल्धुरा – अमरगढी नगरपालिका १ मालममा ८दिन देखि संचालित उद्यमसिलता विकास तालिम समपन्न भएकाे छ । कार्यक्रममा नगर प्रमुख विपिन अाेझा प्रमुख अथिति, उपप्रमुख, वार्डं नं १ का अध्यक्ष, प्रशासकिय अधिकृत अथिति र सहभागिहरुकाे सहभागिता रहेकाे थियाे ।
तालिममा महिलाहरुलाई उद्यम तिर कसरी लैजाने , महिला सहभागिता कसरी बढाउनु सकिन्छ र स्वराेजगार कसरी बनाउने भन्ने बिषयमा तालिम दिईएकाे थियाे। तालिममा २० जाना महिलाहरुकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अथिति रहेका अाेझाले भने “नगर भित्र रहेका महिलाहरुले स्वराेजगार बन्नुका लागि याे तालिम निकै महत्त्वपूर्ण रहेकाे र उद्यमिहरु लाई नगर सरकारले अनुदानमा सहयाेग गर्ने र महिलाहरुले उद्यमसिलतामा जाेड दिनुपर्ने बताए “।



Views: 134

























