२०८१ चैत्र ९ शनिबार
२०८१ चैत्र ९ शनिबार

विभिन्न बहानामा चालकसँग रकम उठाउने चार प्रहरी निलम्बित

वागमती ।  प्रदेश प्रहरी कार्यालयले मातहतका चार प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ। प्रदेश प्रहरी कार्यालयबाट खटिएको विषेश टोलीले सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा सोमबार पक्राउ गरेका चार प्रहरीलाई बुधबार निलम्बन गरिएको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र चितवनमा कार्यरत ४ जना प्रहरी कर्मचारीहरुलाई सवारी चालकसँग विभिन्न बहानामा रकम लिएको भेटिएको थियो ।

उनीहरुको सम्बन्धमा थप छानबिन गर्न हाललाई निलम्बन गरिएको जनाइएको छ।

ईलाका प्रहरी कार्यालय रामनगरमा कार्यरत हवल्दार प्रकाश जैसी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत जवान योगेन्द्र कुमार मल्ल, ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत जवान अजय महत्तो र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत जवान लक्षमण कुमार महत्तो निलम्बनमा परेका हुन्।

निलम्बित प्रहरीमाथि छानबिन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक बिज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको छ।

आफ्नो ड्युटीमा ईमान्दार प्रहरीलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारबाही गरेर प्रहरी सेवालाई मर्यादित बनाउने बागमती प्रदेश प्रहरीले जनाएको छ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।