२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

कैलाली- कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

आइतबार गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयाकी २५ वर्षीया कला धामीको बाघको आक्रमणबाट मृत्यु भएको छ।

स्थानीयका अनुसार पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएका महिलाहरुमाथि सो बाघले आक्रमण गरेको थियो। सोही क्रममा स्थानीय धामीलाई आक्रमण गरेर ज्यान लिएको हो।

महिलाको ज्यान लिएपछि सो नरभक्षी बाघको खोजतलास थालिएको छ।कैलालीका वन तथा सुरक्षा अधिकारीले बाघको खोजी भइरहेको जनाएका छन्।

कैलालीको गौरिगङ्गा नगरपालिकाको राजिपुर र बडैपुरको बिचको जङ्गल नजिकैको सडकमा बाघ देखिएको भन्दै यसअघि होशियारपूर्वक आवतजावत गर्न र साबधानि अपनाउन आग्रह गरिएको थियो।

शनिबार मान्छे भएकै ठाउँमा बाघ महेन्द्र राजमार्गमा निस्केको थियो। सो बाघले गौरीगंगा नगरपालिका–८ स्थित गौरीगणेश सामुदायिक वनमा गाईको एक बाछो समेत खाएको बताइएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।