२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

आर्मीसँग चन्द्रपुर फेरि पराजित

काठमाडौँ, २ फागुन । रश्मी घिसिङले चार गोल गरेपछि त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला फुटबल लिगमा आइतबार चन्द्रपुर नगरपालिकालाई ६–१ ले पराजित गरेको छ । विभागिय टोलीलाई लिगमा आठौँ जित दिलाउन विमला चौधरीले दुई गोल थपिन् । चन्द्रपुरका लागि रजनी थोकरले एक गोल फर्काइन । 

सातदाबाटोस्थित एन्फा कम्पलेक्सको मैदानमा भएको खेलमा स्ट्राइकर रश्मीले १० औँ, २२ औँ, ५० औँ र ६१ औँ मिनेटमा गोल गरिन् । त्यस्तै मिडफिल्डमा खेल्ने विमलाले २३ औँ र ५६ औँ मिनेटमा गोल थपिन् । उता चन्द्रपुरकी फरवार्ड रजनीले पहिलो हाफको अन्तिम मिनेटमा सान्त्वना गोल गरिन् । 

जितसँगै आर्मी लिगको दोस्रो स्थानमा उक्लेको छ । राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर राजु तामाङको प्रशिक्षणमा खेलिरहेको आर्मीले १० खेलबाट २५ अंक बटुलेको छ । समान खेल खेलेको वालिङ नगरपालिकाको १४ अंक रहेको छ । त्यस्तै लिग लिडर शसस्त्र प्रहरीको एपीएफको नौ खेलबाट २७ अंक छ । 

जितपछि आर्मीका प्रशिक्षक तामाङले आफ्नो टिमले ठूलो अन्तरले जित दर्ता गर्नुपर्ने बताए । ‘हामीले अझ धेरै गोल गर्नुपथ्र्यो । खैर महत्वपूर्ण तीन अंक प्राप्त ग¥यौ । समग्रमा म प्रदर्शनबाट खुशी छु,’ तामाङले भने । 

उता चन्द्रपुरका प्रशिक्षक नुरराज काफ्लेले पहिलो लेगको तुलनामा आफ्ना खेलाडीले राम्रो प्रदर्शन गरेको बताए । पहिलो लेगमा चन्द्रपुर आर्मीसँग १०–० ले पराजि भएको थियो । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।