२०८३ असार २४ बुधबार
२०८३ असार २४ बुधबार

भागरथीको हत्यारा खोज सरकार भन्दै सडकमा आन्दोलन देखि डोकामा न्यायको भिक माग्दै डडेल्धुराका युवाहरु

भागरथी भट्ट को  हत्यारा   खोज सरकार भन्दै डडेलधुराका युवा तिलक हमालले सड्कमा न्यायको भि माग्दै कृर्तिपुर देखि बागबजार डडेल्धुरा सम्म सड्कमा डोका भरि सरका न्याय दे , बेरोजगारि बढ्यो,राजनीति फाहेरि भयो भन्ने पर्चा सहति न्यायको भिक मागेका छन् ।
डडेल्धुरामा न्यायको मागका लागि दिनहु विद्यार्थि संगठनहरुले सरकार लाई दबाब दिइरहेका छन् ।

दिपकराज भट्ट(डडेल्धुरा) — नेपाल बिधार्थी संघ डडेल्धूरा जिल्ला सदस्य करन बोहराको नेतृत्वमा बैतडी दोगडाकेदार गाउपालीका वार्ड न ७ चडेपानि बलात्कार पछी हत्या गरेको निकै दिन बिति सक्दा पनि हत्यारा पत्ता नलागेका कारण २९ गते नेता करन कै स्थानिय बजार सल्लाघारी देखी लिटीरीगाउ सम्म बिरोध प्रदर्शन गरी लिटीरीगाउ बाट फर्केर सोही सल्लाघारी मा कोण सभामा परीणत गरीयको थियो, भागरथी को न्यायका ,आत्मा शान्ति का निम्ति साथै अपराधि लाई छीटो भन्दा छीटो खोजि गर्न आज पनि नेता करन कै नेतृत्व मा दीपप्रज्वलन कार्यक्रम पनि गरेका थिए ।
बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टका हत्यारालाई कारबाहीको माग गर्दै डोको प्रदर्शन गरिएको छ। डडेलधुराका तिलक हमाल चरिले भागरथी हत्यारालाई कारबाहीको मागसहित विभिन्न माग लेखेका प्लेकार्ड डोकोमा टाँसेर प्रदर्शन गरेका हुन्।

फोटोः डोकोमा न्यायको भिक माग्दै डडेल्धुराका युवा तिलक हमाल
(धनबहादुर भण्डारि)

भागरथी भट्टका हत्यारा पत्ता लगाउनुपर्ने, वेरोजगारी, हिंसा, नियन्त्रणमा वेवास्ता गरी सरकार अन्तैतिर लागेको भन्दै उनले विभिन्न माग राखेर सांकेतिक आन्दोलन गरेका हुन्। उनले बलात्कारपछि न्याय नपाएको, हत्या र हिसांका घट्ना दिनानुदिन बढिरहेको र कानुनको अनुभूत गर्न नपाएको भन्दै सदरमुकाम परिक्रमा गरेका छन्। उनले किर्तिपुर बजारबाट डोकोमा भारी बोकेर डडेल्धुरा सदरमुकाम परिक्रमा गरेका हुन्।

बैतडीको दोगडाकेदखार गाउँपालिका ३ कि १७ वर्षीया किशोरी भागरथी भट्टको माघ २१ गते बलात्कारपछि हत्या गरिएको थियो। विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा भागरथीको विभत्सव अवस्थामा शव भेटिएको थियो।

पोष्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पीडित परिवारले अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने बताएका छन् । जिल्लाभर भागरथीको हत्यारा पत्ता लगाउन आन्दोलन भइरहेका छन् ।अझैंसम्म प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।