२०८३ असार २४ बुधबार
२०८३ असार २४ बुधबार

दुई करोड हिनामिनाको आरोपममा प्राविधिक सहायक ९० दिन निलम्बनमा

काठमाडौं, २ फागुन । हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् ।

विसं २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा रु दुई करोड बराबरको रकम अनियमितता गरेको भन्दै निलम्बन गरिएको छ ।

निलम्बन नगरेको खण्डमा सरकारी हानी नोक्सानी हुने र आफूविरुद्धको प्रमाण नष्ट गर्ने भन्दै प्रशासकीय अधिकृत आचार्यले २०७७ माघ २९ गते बिहीबारदेखि निलम्बन गरेका हुन् । आचार्यले कुनै कारवाही गर्न नपर्ने कुनै कारण भए सात दिनभित्र आफूसमक्ष प्रमाण पेश गर्न र निलम्बन भएको मितिदेखि कार्यालयमा उपस्थित भई कुनै कार्य नगर्नसमेत चेतावनी दिएका छन् ।

तर सर्केगाड गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीले भने आफूले सो कार्य नगरेको बताए। यो सबै प्रक्रिया हालका अधिकृत आचार्यले मदिरा सेवन गरेर गाउँपालिकाको लेटरप्याडको दुरुपयोग गरेर आफ्नो मानहानी गरेको निमित्त अधिकृत शाहीले बताए । उनले भने, “अहिले पनि प्रमुख प्रशासकीय अधिकृत आचार्यले दिएको नियुक्तिका अधारमा गाउँपालिकाका सम्पूर्ण काम गरिरहेको छु ।” रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।