२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

ओलीमा प्रचण्ड प्रवृति भए साथ छोड्न कुनै आइतबार कुर्नु पर्दैन : उद्योगमन्त्री भट्ट

नेकपा ओली समूहका नेता लेखराज भट्टले प्रधानमन्त्री केपी ओलीमा पुष्पकमल दाहाल प्रचण्डको जस्तो प्रवृति भए उनको साथ छोड्न कुनै आइतबार नचाहिने बताएका छन् । 

उनले प्रचण्डमा सामन्ती प्रवृति हाबी भएकोले साथ छोडेको र त्यो प्रवृति ओलीमा देखिए ओलीलाई छोड्न आइतबार नचाहिने बताएका हुन् ।

पूर्वजनमुक्ति सेना नेपालको केन्द्रीय संयोजन समितिको बुटवलमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले प्रचण्डलाई लालगद्दारको संज्ञा दिए । उनले प्रचण्डले सडकमा तमासा देखाइरहेकोसमेत बताए ।

भट्टले पूर्वमाओवादीमा छलफल नै नगरी प्रचण्डले पदकै लोभमा पार्टी एकता गरेकोसमेत बताए । यो प्रवृत्ति केपी ओलीमा देखिँदैन भन्‍ने विश्वास भएको र यदि त्यस्तो भए उनको साथ छाड्न कुनै आइतबार नचाहिने बताएका छन् । 

प्रचण्डले पूर्वजनमुक्ति सेना र उनीहरूका परिवारलाई धोका दिएकोसमेत भट्टले बताए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।