२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

कैलाली अस्पतालद्धारा सुदूरपश्चिममै पहिलो पटक मुटु रोग सम्बन्धी उपचार सेवा सुरु

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सञ्चालित कैलाली अस्पताल प्रा.लिले प्रदेशमै पहिलो पटक मुटु रोग सम्बन्धी उपचार सेवा सुरुवात गरेको छ । शनिबार अस्तालमै पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालका अध्यक्ष जनक राज जोशीले प्रदशमै पहिलो पटक मुटु रोग सम्बन्धी उपचार सेवा सुरुवात गरिएको जानकारी दिए ।

उनले अब प्रदेशका मुटु रोग सम्बन्धी विरामीहरुले अन्य ठाउँमा जानु पर्ने बाध्यताको अन्त्य भएको बताए । मुटु रोगका विरामीलाई सस्तो र शुलभ उपचार सेवा अबदेखि कैलाली अस्पतालले प्रदान गर्ने अध्यक्ष जोशीले दावी गरे । यस्तै मुटु रोग विषेशज्ञ डाक्टर राजेश कुमार पञ्जियारले सुदूरपश्चिम प्रदेशका जनताले अब प्रदेशमै सुवा पाउने बताए ।

उनले मुटु रोग सम्बन्धी सम्पुर्ण सेवाहरु कैलाली अस्पतालबाटै उपलब्ध गराईने जानकारी दिए । प्रदेशमा मुटु रोग सम्बन्धी डाक्टर नभएका बेला आफु आएर सेवा दिन पाउँदा खुशी लागेको बताए । आउदो दिनहरुमा अझै गुणस्तरिय सेवा दिने प्रयास गर्ने डाक्टर पञ्जियारले प्रतिबद्धता व्यक्त गरे । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।