कञ्चनपुर, १ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १० झलारि आयुर्वेद औषधालयमा नियमित योग अभ्यास शुरू भएको छ। पतंन्जलि योग समिति शुक्लाफाँटा र झलारि आयुर्वेदको सहकार्यमा नियमित रूपमा योग अभ्यास प्रयायाम शुरू भएको हो।



शुक्लाफाँटा नगरपालिका भित्रका युवा युवती देखि वृद्ध वृद्धा सम्मको रोगप्रतिरोधात्मक क्षमता वढायर स्वस्थ र निरोगि जिवनशैलि अपनाउन प्रेरित गर्ने उदेश्य राखि विहान ५ वजे देखि ७ वजेसम्म नियमित योग कक्षा संचालन भईरहेको युवा योग प्रभारी केशवराज पनेरुले वताए ।
उनले भने, कोरोना कहरका कारण केही समय योग अभ्यास बन्द गर्नुपर्ने भयो , हाल कोरोना कहर कम हुँदै गएकाले फागुन १ गतेदेखि पुनहस्योग अभ्यास शुरू गरिरहेको पनेरूले वताए। योगले सकारात्मक सोचको विकास गरि मानिसमा आत्मविश्वास वढाउनुका साथै स्वस्थ र निरोगि वन्न सहजहुने भएकाले नियमित योग अभ्यासको महत्त्व दिनदिनै वढ्दै गएको युवा योग प्रभारी पनेरूले दावि गरे।
पतंन्जलि योग समिति शुक्लाफाँटाका नगर अध्यक्ष केशव दत्त अवस्थिले नियमित योग ध्यानले मानसिक रूपमा मान्छेलाई वलियो वनायर तनाव व्यवस्थापन हुने वताउदै स्वस्थ जिवनशैलिमा सकारात्मक प्रभाव पर्ने अध्यक्ष अवस्थिले जनाए।
उनलेभने सामाजिक उत्तरदायित्व संगै मानवसेवाको भावनाले हामी नियमित योग अभ्यास सिकाउछौ।जो सुकैले पनि पवित्र भावनाराखि योगमा सहभागी जनाउन सक्नेछन् भन्दै अध्यक्ष अवस्थिले भने योग अभ्यासमा सहभागि वाट कुनै किशिमको पनि शुल्क लिदैनौ।आफु र आफनो समाजलाई स्वस्थ र निरोगि राख्ने अभियान अन्तरगत नियमित योग ध्यानको शुरूवात गरिएको उनले वताए।
योग ध्यान अभियानमा झलारि आयुर्वेद औषधालयका कविराज जयराम शाह,पतंन्जलि योग समित शुक्लाफाँटाका मिडिया प्रभारी जय वहादुर ऐर,महाँमन्त्रि केपि पाण्डेय,महिला प्रभारी धनेश्वरि भट्ट लगायत योग साधकको उपस्थितिमा नियमित योग कार्यक्रम चलिरहेको आयोजकले जानकारि दिए।

























