२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

ट्याक्टरको ट्रलीमा अटो ठोकिदा ४ जना घाइते

कैलाली – ट्याक्टरको ट्रलीमा अटो ठोकिदा ४ जना घाइते भएका छन्।

धनगढी उप–महानगरपालिका वडा नम्बर १४ स्याउलेमा से १ च ७००४ नम्बरको ट्याक्टरको ट्रलीमा से १ ह १७५ नम्बरको अटो ठोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्बर १९ का ट्याक्टर चालक ३२ वर्षिय दुखिराज चौधरी, अटोमा सवार वडा नम्बर १४ का तिलक विष्ट, वडा नम्बर १८ की ५५ वर्षीया पुनम विक र बझाङको खप्तड–छान्नाका ४३ वर्षिय अग्नी भण्डारी घाइते भएका छन्। उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार हुँदैछ।

अटो चालक वडा नम्बर १४ का ३६ वर्षिय प्रेम खाती फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले बताएको छ। ट्याक्टर र अटो सीमा प्रहरी चौकी बौलियाको नियन्त्रणमा छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।