धनगढी । बैतडीमा बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टका हत्यारालाई कारबाहीको माग गर्दै कैलालीको गौरीगंगा नगरपालिकामा स्थानीयले प्रदर्शन गरेका छन । नगरपालिकाको वडा नम्बर ४ राजिपुरका स्थानीयले भट्टको हत्यारालाई कारबाहीको माग गर्दै शुक्रबार प्रदर्शन गरेका हुन ।



बैतडीको दोगडाकेदखार गाउँपालिका ३ कि १७ वर्षीया किशोरी भागरथी भट्टको माघ २१ गते बलात्कारपछि हत्या गरिएको थियो। विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा भागरथीको विभत्सव अवस्थामा शव भेटिएको थियो।
पोष्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पीडित परिवारले अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने बताएका छन् । जिल्लाभर भागरथीको हत्यारा पत्ता लगाउन आन्दोलन भइरहेका छन् ।अझैंसम्म प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन।
Views: 112

























