२०८३ आश्विन २३ शुक्रबार
२०८३ आश्विन २३ शुक्रबार

बिप्लव निकट बिद्यार्थि संगठनको प्रदर्शन आलितालमा — सरकारले कारबाही नगरे हामी कारबाही गर्छौ अध्यक्ष खाती

मनोज रावत , डडेल्धुरा : सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थि संगठन अखिल क्रान्तिकारी डडेल्धुरा जिल्ला संगठनले बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका – ७ कि १७ बर्षिया छात्रा भागरथी भट्टका बलत्कारी र हत्यारालाई कडा भन्दा कडा‌ कार्बाहीको माग गर्दै बिरोध प्रदर्शन गरेको छ ।

अखिल ( क्रान्तिकारी ) जिल्ला संगठन डडेल्धुराले आयोजनामा श्री कृष्ण कालिका माध्यमिक विद्यालय आलिताल ४ बाट निकालिएको र्यालि करिब २ किलोमिटर हिडेर घरेलुबजारमा बृहत कोण सभामा परिणत भयको भियो । अखिल ( क्रान्तिकारी ) डडेल्धुराले बैतडी केदार गाउँपालिका ७ कि १७ बर्षिया भागरति भट्टको बलत्कार पछीको निर्मम हत्या गर्ने हत्यारालाई कारबाहिको माग राख्दै बिरोध प्रदर्शन गरेको हो ।

कोणसभामा परिणत भएको उक्त प्रदर्शनमा अखिल ( क्रान्तिकारी ) डडेल्धुराका जिल्ला अध्यक्ष संकर खाति लगाएतका बक्ताहरुले सम्बोधन गरेका थिए । सम्बोधनमा बोल्दै अध्यक्ष खातीले भने ” केपी बदलमण्डली कथित सरकारले जनताको सुरक्षा लाई बेवास्ता गर्दै कुर्चीको लडाइँमा लागिपरेका बेला यस्ता बलात्कार र निर्मम हत्या जस्ता घटना घटनुले ओली सरकार जनताप्रति उत्तरदायी नरहेको कुरा स्पष्ट हुन्छ साथै उनले भने भ्रष्ट सरकारले निर्मला पन्तको घटना जस्तै यो घटनालाई ओझेलमा पर्न खोजे आफुहरुले कठोर कदम चाल्ने र बलत्कारी र हत्यारालाई पहिचान गरी जनकारबाहि गर्ने समेत चेतावनि खाती ले दिएका छन । साथै उनले उक्त प्रदर्शनलाई सांकेतिक प्रदर्शन भएको र बृहत प्रदर्शन गर्न अझै बाकी रहेको पनि दावि गरेका छन ।

बैतडी जिल्ला दोगडाकेदार गाउपालिका ७ चेडेपानी निबासी सिरकोट स्थित सनातन धर्म माध्यमिक बिद्यालयमा कक्षा १२ मा अध्यनरत १७ वर्षीय छात्रा भागरथी भट्ट बुधबार ( माघ २१ ) मा बिहान बिद्यालय गएकि थिइन साझ अबेर सम्म घर नआउदा परिवार र स्थानियले सोधिखोजि गर्दा बिहिबार राति बलत्कार पछी बिभत्स हत्या गरिएको अबस्थामा घर भन्दा ३ किलोमिटर टाढा रहेको जंगलमा प्रहरी र स्थानियले शव ‌फेला पारेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।