२०८३ बैशाख २६ शनिबार
२०८३ बैशाख २६ शनिबार

उद्योग तथा वन वातावरणसंग सम्बन्धीतका ऐर तथा कानुनहरु जनमैत्री नभएको: मन्त्री भट्ट

डडेल्धुरा: सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले उद्योग तथा वन वातावरणसंग सम्बन्धीतका ऐर तथा कानुनहरु जनमैत्री नभएको बताएकी छन् ।
मंगलबार फारवेष्टर्न एग्रो जाइन्ट लिमिटेडको प्रथम सधारण सभा डडेल्धुरामा उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।नेपालमा साना तथा मझैताल उद्योगहरु निमार्ण गर्न प्रयात जमिन अभाव रहेको बताउदै मन्त्री भट्टले सामुदायीक वनहरुसंग भएको जमिन प्रयोग गर्न ऐन तथा कानुनले नमिल्ने जस्ता समस्या आएका बताइन् ।

सुदूरपश्चिमका अधिकाश सामुदायीक वन उपभोता समितीहरुसंग जमिन भएपनि उत्पादन मुखी बनाउन समेत संघकै कानुनमा भर पर्नु पर्ने बाध्यता सुनाइन् । उनले भनीन्, ‘उद्योगहरु निमार्ण देखि अवाधी जमिन उत्पादनमुखी बनाउन, हाम्रो ऐन तथा कानुनहरु जनमैत्री हुनु आवश्यक छ, त्यसका लागी प्रदेश सरकारले प्रयासमा गरेको छ तर बिडम्बना राजनिती अस्थीरताले रोकियो।’

उनले एक फरक प्रश्नमा प्रदेश सरकार निजि क्षेत्रसंग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताएका छन । मन्त्री भट्टले सुदूरपश्चिम सरकार औद्योगीक वातावरण बनाउन तयार रहेको बताईन् । ‘निजि क्षेत्रसंग सरकारले सहकार्य नगर्ने भनेको छैन ।’ मन्त्री भट्टले भनीन् –‘सुदूश्पश्चिमको ७ सय ७७ सेयर सदस्य भएको ठुलो उद्योगमा प्रदेश सरकार लगानी गर्न कानुनी बोटो खोज्दै छैन्।’
बजेटका दायराले गर्दा पनि हामी साना उद्योगमै रोकिएका छैन् । संघ सरकारले अहिले औद्योगीक ग्रामका नाममा फिल्ड मात्र निमार्ण गरिरहेको भन्दै मन्त्री भट्ट केन्द्रीय सरकारको आलोचना गरिन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।