धनगढीः कञ्चनपुरमा श्रीमानले परपुरुषसँग श्रीमतीलाई भेटेपछि कोठा भित्रै थुनिदिएका छन्।



जिल्लाको बेलौरी नगरपालिका ६ बस्ने बिनोद नेपालीले ३८ वर्षीया श्रीमतीलाई परपुरुषसँग भेटेपछि कोठा भित्र थुनेर प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपालीले बेलौरी नगरपालिका–८ का ३८ वर्षीय विवेक लम्साल र श्रीमतीलाई कोठामै भेटेपछि थुनेको बताए।
नेपालीले दुवै जनाले आफूमाथि अभद्र व्यवहार गरेको जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।दिनेशखबर बाट
Views: 269

























