बैतडी- बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भए सगै बिभिन्न ठाउँमा बिरोध र्याली सहित न्यायको लागि आवाज उठिरहेको छ ।



यसै गरि आज नगर बाल सञ्जाल धनगढी ,शैंशव मञ्च नेपाल र नयाँ युवा नयाँ सोच नेपाल बझाङ्ग जिल्ला एकाइले आज दोश्रो दिन पनि धनगढीको पार्क मोड देखि मुख्यमन्त्री कार्यालय सम्म बिरोध र्याली सगै मुख्यमन्त्री कार्यालय अघि कोण सभा गरेको छ ।

बाल हिँसा अन्त्य गर , दोषिलाई कारबाही गर , भगवति न्याय दे र बालबालिका लाइ सुरक्षा दे जस्ता नारा लगाइ उक्त र्यालि मुख्यमन्त्री कार्यालय अगाडि कोण सभाको सम्बोधन गर्दै नगर बाल सञ्जाल धनगढीका अध्यक्ष, शैशव मञ्च नेपालका केन्द्रीय सहसचिव विजयराज जोशीले सम्बन्धित निकायले ध्यान नदिए दोषी उपर कडा कार्वाही नभए आगामी दिनमा कडा कदम चाल्ने बताइएको छ।
सँगै भोलि विशेष रूपले कालो कपडामा सडकमा आउने बताएका छन्। दिनानुदिन यस्तो अपराध बढि रहदा सरकारको मुख्य नजरमा नपरेकोले दबाबको रुपमा उक्त र्यालि निकालिएको नगर बाल सञ्जालका सचिव शिशिर विश्वकर्माले जानकारी दिए ।
उनले फेरी भने “निर्मला पन्त जस्तै न्याय नपाउने अवस्था भवगतिलाइ नजावस हामि उक्त विरोध र्याली भोलि पनि निरन्तरता दिने छौँ र यो अवस्था आउन नदिन सबै जना एकजुट हुनपर्ने र यसका लागि भोलि साँझ ५:०० पार्क मोड आउन सार्वजनिक आह्वान गर्दछौ”।

























