बैतडी- बैतडीको पाटनमा प्रशासन अगाडि भागरथीको न्यायको लागि युवा बिद्यार्थीहरु द्वारा दिप प्रज्वलन कार्यक्रम गरिएको छ।जिल्लाको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको को बलत्कार पछि हत्या गरिएकोमा अझैसम्म न्याय नमिलेकाले अधिकार कर्मि सहित बिद्यार्थीहरुले आज शान्तिपुर्ण आन्दोलन सङ्गै दिप प्रज्वलन गरेका हुन्।



बलत्कार पछि हत्या गरिएकि भागरथी भट्टको न्यायको लागि बिद्यार्थीहरु द्वारा शान्तिपुर्ण आन्दोलन सङ्गै दिप प्रज्वलन गरि बिद्यार्थी हरुले ” भागरथि लाई न्याय दे!बलत्कारी लाई फासि दे!! हत्यारालाई फासि दे!संविधानमा टासि दे!!महिला हिंसा बन्द गरौँ ! we want justice !” लगायतका नाराहरु लगाउदै प्रशासन लगायत सम्बन्धित निकायलाई दबाब दिएको खेमराज अवस्थी ले जानकारी दिनुभयो ।
आजको शान्तिपुर्ण आन्दोलन र दिप प्रज्वलन कार्यक्रममा बैतडीको पाटन नगरपालिका भित्ररहेका तिनवटा बिद्यालयका बिद्यार्थीहरु, विभिन्न अधिकार कर्मि र अन्य सर्बसधारहरुको उस्थिति रहेको थिए।
उपस्थित हुने बिद्यालयका बिद्यार्थीहरु पाटन बहुमुखी क्याम्पस,कृष्ण मा.बि र भिमदत्त पोलिटेक्निक ईन्षिच्युट का बिद्यार्थी हरु रहेका कार्यक्रममै उपस्थित अभियन्ता तेज नेपाली ले जानकारी दिनुभएको छ।

























