२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

सुदूरपश्चिमका पहाडी जिल्लामा सीता एयरको परीक्षण उडान

सीता एयर सुदूरपश्चिम प्रदेशमा हवाई सेवा दिन ईच्छुक  देखिएको छ । सीता एयरले मंगलबार प्रदेशका पहाडी जिल्लाका चारवटा विमानस्थलमा परीक्षण उडान गरेको छ । प्रदेशका पहाडी जिल्ला बझाङको विमानस्थल, अछामको साफेबगर, डोटीको दिपायल र बैतडीको पाटल विमानस्थलमा परीक्षण उडान गरेको हो ।

सीता एयरले प्रदेशको अस्थायी राजधानी धनगढीलाई आधार बनाइ पहाडी जिल्लामा नियमित उडान गर्ने लक्ष्यअनुरूप गरिएको तीनवटै जिल्लाको परीक्षण उडान सफल भएको जनाएको छ । यसअघि प्रदेशका तीन पहाडी जिल्लामा समिट एयरले साप्ताहिक उडान गरिरहेको छ ।

समिट एयरले धनगढी–बझाङ, बझाङ–धनगढी–नेपागञ्ज, धनगढी–दिपायल, धनगढी–साँफेबगर र धनगढी–पाटनमा साप्ताहिक उडान भर्दै आएको छ । समिट एयरले उडान भरेसँगै लामो समयसम्म बन्द अवस्थामा रहेका सुदूरपश्चिमका विमानस्थल सञ्चालमा भएका थिए ।

समिट एयरले उडान भरेसँगै यात्रुको चाप बढदै गए पनि हवाईभाडा महँगो भएको भन्दै टीका टिप्पणी हुन हुने गरेको थियो । सीता एयरले पनि नियमित उडान भरे आन्तरिक उडानमा प्रतिस्पर्धा हुने र भाडादरसमेत केही सस्तो हुने यस क्षेत्रका वासिन्दाको भनाइ छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।