२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

थप १६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि

 पछिल्लो २४ घण्टामा थप १६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ६१ महिला र ९९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ। पछिल्लो २४ घन्टामा ४ हजार ३०९ स्वाब परीक्षण गराउँदा १६० जनामा कोरोना संक्रमण देखिएको हो। 

यस्तै मंगलबार थप १६५ जना डिस्चार्ज भएका छन्। यो सहित निको हुनेको संख्या २ लाख ६८ हजार ४३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै मंगलबार कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। यो सहित मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ।

अहिले १७ सय ३७ जना आइसोलेसनमा छन् भने ८७ जना क्वारेन्टाइनमा छन् । मन्त्रालयका अनुसार ६४ जनाको आइसीयू र १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

काठमाडौं उपत्यकामा भने ७९ जनामा कोरोना संक्रमण देखिएको छ। नेपालमा कोरोना विरुद्धको खोपको दोस्रो चरणको अभियान सुरु भएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।