शुक्लाफ़ाटा नगरपालिकाको गैरजिम्मेवारीका कारण छाडा पशु चौपायाहरुले पाउनु दुख पाएका छन्।
सोमबार साझ बाट नगरपालिकाको कम्पाण्डमा छाडा पशु चौपाया लाई मृत्युको नजिक पुर्याएका छन्। राष्ट्रिय जनावर गाइ लाई सोमबार देखि दिनको टन्टलापुर घाम अनि रात भरिको बर्षाका कारण आज एक गाइको मृत्यु भएको छ।
शुक्लाफ़ाटा नगरपालिका वडा नम्बर ८ मा २०७५ साल बाट व्यवस्थापन गर्दै आएका छाडा गाई गोरु लाई सोमबार वडा नम्बर ८ का वडा अध्यक्ष बहादुर महरा माथि नेपाल तरुण दलको समूह बाट वडा नम्बर ८ कै वडा कार्यालयमा हातपात भएको र असुरक्षाको महशुस गर्दै सोमबार साझ करिब १५० भन्दा बढि गाई गोरु नगरपालिकाको परिसरका हुलिएका छन्।
ति अबोध राष्ट्रिय गाई गोरु लाई न त शुक्लाफ़ाट नगरपालिकाले स्याहार सुसार र आहाराको व्यवस्थापन गर्न सकेको छ न त कुनै स्थानीय जनप्रतिनिधिहरु ले बरु हिजो मंगलबार शुक्लाफ़ाटा नगरपालिकाका बिभिन्न युवाहरु मिलेर राष्ट्रिय निकुञ्ज अर्जुनी बाट हरियो घास काटेर खुवाएका थिए।
उसो त आकस्मिक रुपमा कार्यपालिका बैठक पनि बसाइयो तर निष्कर्शमा पुग्न सकेन सम्भबत आजको कार्यापालिका बैठकले कुनै निचोड ल्याउन सक्छ कि यो भने हेर्न बाकि छ।
नगरपालिकाको परिसर भरि गाई गोरु भारी पछि आज बुधबार बिहान ११ बजे सम्म फोहोरमैलाको कारण नगरको तल्लो तलामा भने ताल्चानै लागेको थियो भने माथिल्लो तलामा भने कार्य सम्पादन भैरहेको थियो।