२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

कृष्णपुर , शुक्लाफाँटा र पुर्नवास नगरपालिकामा भूमिहीन सुकुम्वासीको लगत सँकलन सुरु

धनगढी, २६ माघ ।भूमिहीन र अव्यवस्थित बसोबासहरूलाई लालपुर्जा दिने गरी कञ्चनपुरमा लगत सङ्कलनको काम सुरु भएको छ । कञ्चनपुरका ३ वटा स्थानीय तह र भूमि सम्बन्धी समस्या समाधान आयोग बिच सम्झौता भएअनुसार लगत सङ्कलनको काम सुरु भएको हो।

जिल्लाको कृष्णपुर नगरपालिका, सुक्लाफाँटा नगरपालिका र पुर्नवास नगरपालिकामा लगत सङ्कलनको कार्य सुरु भएको भूमि आयोग कञ्चनपुरकी अध्यक्ष कमला बोहराले बताए । 

भीमदत्त नगरपालिका र महाकाली नगरपालिका सँग सम्झौता भएसँगै लगत सङ्कलनको काम अगाडी बढ्ने उनले बताइन। जिल्लाको बेलौरी नगरपालिका, लालझाँडी गाउँपालिका, बेल्डाँडी गाउँपालिकामा पनि केही दिन मै लगत सङ्कलनको कार्य अगाडी बढ्ने उनले जानकारी दिइन्।

कञ्चनपुरमा यस अघि शारदा सर्मा आयोगले सङ्कलन गरेको लगतमा ५२ हजार घरधुरी समावेश गरिएका थिए। यस पटक सो भन्दा बढी नै समावेश गरिने अध्यक्ष बोहराले जानकारी दिइन्। विगत १० वर्षदेखि ऐलानी जमिन भोग चलन गर्दै आएका भूमिहीन र अव्यवस्थित बसोबासहरूलाई लालपुर्जा प्रदान गर्न लगत सङ्कलन सुरु गरिएको हो।

लगत सङ्कलनको क्रममा ३ पुस्तासम्ममा पनि जग्गा दर्ता नभएकाले रातो रंगको फारम भर्नुपर्नेछ भने नम्बरी जमिन नाममा भएको तर ऐलानी जग्गा पनि भोग चलन गरिरहेकाहरूले सेतो रंगको फारम भर्नुपर्ने भूमि आयोगले जनाएको छ।

स्थानीय तहका जनप्रतिनिधिले समेत आयोगले भने जस्तै भूमिहीन र अव्यवस्थित बसोबासीेका समस्या समाधान गर्ने कुरामा आफूहरूको सहयोग रहने बताएका छन्।

जिल्लाको कृष्णपुर नगरपालिकाकाले सङ्घीय सरकारले गठन गरेको आयोगले निर्दिष्ट गरे अनुसार स्थानीय तहमा इकाई कार्यालय समेत सञ्चालन भएर प्रत्येक वडा कार्यालयबाट लगत सङ्कलन गर्ने काम भइरहेको जानकारी दिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।