बैतडी – बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी १७ वर्षीया भागरथी भट्टको हत्यारा पत्ता लाउन भन्दै नगर बाल सञ्जाल धनगढी र शैंशव मञ्च नेपालले विरोध र्याली र दीप प्रज्वलन गरेको छ ।
भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भए सगै बिभिन्न ठाउँमा बिरोध र्याली सहित न्यायको लागि आवाज उठिरहेको छ ।



नगर बाल सञ्जाल धनगढी र शैंशव मञ्च नेपालले धनगढीको पार्क मोड देखि मुख्यमन्त्री कार्यालय सम्म बिरोध र्याली सगै मुख्यमन्त्री कार्यालय अघि कोण सभा र दिप प्रज्वलन गरेका हुन् ।
बाल हिँसा अन्त्य गर , दोषिलाई कारबाही गर , भगवति न्याय दे र बालबालिका लाइ सुरक्षा दे जस्ता नारा लगाइ उक्त र्यालि मुख्यमन्त्री कार्यालय अगाडि कोण सभा र दिप प्रज्वलनमा परिणत भएको छ ।
दिनानुदिन यस्तो अपराध बढि रहदा सरकारको मुख्य नजरमा नपरेकोले दबाबको रुपमा उक्त र्यालि निकालिएको नगर बाल सञ्जालका सचिव शिशिर विश्वकर्माले जानकारी दिए उनले फेरी भने निर्मला पन्त जस्तै न्याय नपाउने अवस्था भवगतिलाइ नजावस हामि उक्त विरोध र्याली भोलि पनि निरन्तरता दिने छौँ ।

























