पछिल्लो २४ घण्टामा देशभर थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।
कूल संक्रमितमध्ये २ लाख ६८ हजार २६६ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा १९४ संक्रमित निको भएका छन् ।
सोमवार देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७४४ जना रहेका छन् ।
कोरोनाले थप ७ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या २ हजार ४५ पुगेको मन्त्रालयले जनाएको छ ।
Views: 199




















