२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

पानीको साठी फिट गहिराइमा विवाह

एजेन्सी – पानीको साठी फिट गहिराइमा विवाह
मानिसको सोख विभिन्न खालका अनौठा हुन्छन् । यस्तै एउटा घटना भारतको रहेको छ । भारतको एक जोडीले ६० फिट गहिरो पानीभित्र विवाह गरेका छन् । त्यसका लागि तिनीहरूले केहि अत्यधिक सामाजिक दूरीको अभ्यास गरेका थिए । चेन्नाई निवासी भि चिन्नादुराई र एस स्वेथाबीच सोमबार बिहान निलान्कराइको समुद तटमा विवाह सम्पन्न भएको थियो । यसरी विवाहका लागि तिनीहरूले पानीभित्र डाइभ गर्नुअघि तिनीहरूको सहयोग टोलीले पानी शान्त छ वा छैन भन्ने किटान गरेको थियो ।

वर्षौंदैखि तैराकी पेशामा संलग्न अनुमति–पत्र प्राप्त स्कुवा डाइभर दुलहा चिन्नादुराइले टाइम्स अफ इन्डियालाई बताएका छन्, ‘विवाह पानीभित्र हुने बाहेक अन्य कुनै फरक छैन । हामीले अन्य सम्पूर्ण परम्परालाई निभाएका थियौं । पुरोहितले दिएको साइतअनुसार नै बिहान साढे सात बज्नुअघि नै थाली बाँधेर हामीले एकले अर्कालाई माला पहिराएका थियौं । ’

स्वेथाले भने विवाहकै तयारीका लागि एक महिनाअघिदेखि मात्र स्कुवा सिक्न थालेको बताएकी छन् । उनी भन्छिन्, ‘म र मेरो परिवार नर्भस थियौं । तर, हाम्रो साथ आठ जना कुशल तैराकी थिए । हामीले विगत एक सतादेखि विवाह बन्धनमा बाँधिन प्रयास गरिरहेकाले पनि यो विवाहमा थप मज्जा आइरहेको थियो । हाम्रो विवाह आखिर समुद्रको हातमा थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।