२०८३ भाद्र १ सोमबार
२०८३ भाद्र १ सोमबार

डडेल्धुरामा बिद्रोही नेकपाका गतिबिध तिब्र – भागेश्वरमा पनि कमिटि गठन

डडेल्धुरामा बिद्रोही नेकपाका गतिबिध तिब्र – भागेश्वरमा पनि कमिटि गठन

मनोज रावत , डडेलधुरा – सरकारद्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द नेतृत्व नेकपाले जिल्लाका बिभिन्न स्थानमा आफ्ना गतिबिधि तिब्र बढाउदै गएको छ । यस अघि जिल्लाको आलिताल गाउपालिकामा बिषेश गतिबिधि र आधार क्षेत्र तय गरी राजनीति कार्यक्रम गर्दै आएको नेकापाले आईतबार भागेश्वर गाउपालिकामा पनि एक कार्यक्रम का साथ एरिया सेक्रेटरि गणेश बुढामगरको अध्यक्षतामा एरिया कमिटी गठन गरी आफ्नो संगठन विस्तार गरेको विद्रोही नेकपाले खबरदारी अनलाइन लाई जानकारी दिएको छ । खबरदारी अनलाइन लाई जानकारी दिदै भागेश्वर गाउपालिकाका पार्टि ईन्चार्ज ज्वालाले भने ” कथित फासिष्ट केपि ओलि सरकारले फरक राजनितिक आस्थाका आधारमा हाम्रो पार्टि माथि प्रतिबन्ध लगाएपनि उक्त प्रतिबन्धका बाबजुत हामिले पार्टिका काम कारबाहि र संगठन बिस्तार र राजनितिक संघर्षका कार्यक्रम जारि नै राखेका छौ र प्रतिफल पनि तेतिकै रुपमा बढ्दैगएको उनले बताएका छन । साथै उनले हाल देशमा भैरहेको राजनितिक पदको लडाईमा भ्रष्ट ओलि र गद्दार प्रचण्डले देशलाई गम्भीर दुर्घटना तिर लादिरहेकाछन र यि सबै नक्कली कम्युनिष्टहरुले नागरिकलाई दमन गर्ने गरि नागरिकलाई न्याय दिने राज्यका संबैधानिक अंगहरुसमेत बन्दगि राखिसकेका छन् त्यसैले अब सारा नागरिकहरुले यो असफल संसदिय ब्यवस्थाको अन्त्य गर्दै देशमा बैज्ञानिक समाजवाद स्थापना गर्न एकजुट भएर एकिकृत जनक्रान्तिमा सम्पुर्ण देशबासिले साथदिन समेत आग्रह गरेक छन् ।

नेत्रबिक्रम चन्द नेतृत्व नेकपाले संबिधान बिपरित गतिबिधि गरेको भन्दै सरकारले २०७५ फागुन २८ गतेदेखि उक्त पार्टीका नेता तथा कार्यकर्ता माथि प्रतिबन्ध लगाउँदै सर्च एन्ड अरेष्ट गर्दै आइरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।