कंचनपुर- कंचनपुरमा होटेल कलश को सभाहलमा विवेकशील साझा पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा सुदूरपश्चिम संयोजक गोपाल हमाल, केन्द्रिय सदस्य घन शाह लगायतका नेताहरूको उपस्तिथिमा भएको एक कार्यक्रमका बिच नवीन बिष्टको संयोजकत्वमा ४० सदस्यीय जिल्ला समिति घोषणा गरेको छ। आइतबार घोषणा गरिएको जिल्ला समितिको सह-संयोजकमा अनिता चौधरी रहनु भएको छ।



त्यसै गरेर जिल्ला सदस्यहरुमा इश्वर चौधरी, मदन बोहरा ,रामधिरज राना , सन्देश भट्ट, योगेन्द्र सिंह धामी, ललित सार्की, चन्द्रदेब जाग्री, लोकराज भट्ट, समीर बिष्ट, सम्झना औजि, आरती सिनाल, प्रदीप भट्ट बिमल जोशी, भिम जोशी, मनमोहन भट्ट, सुनिल बम, यशोदा चन्द, चेतराज पन्त,मोहन सिहं धामी, करन धामी, प्रकश दत्त सुवेदी, ललित भट्ट, दुर्गा दत्त भट्ट, प्रकाश चन्द, चन्द्रमोहन भट्ट, तस्बिर चन्द, अशोक घटाल, जीवन कलौनी,बिनोद चन्द , सम्पुर्ण भट्ट, कृष्ण तिवारी, समीर सेवा, राजेश नागरी, आशिष जैरु, विवेक जैरु, देब भन्डारी , सर्मिला नेपाली र रमेश चौधरी रहेका छन् ।
साझा युवा संगठनले विभिन्न पृष्ठभूमिका युवाहरुलाई समेट्दै संगठनलाई हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको छ।
उर्जाशिल ,ईमान र क्षमता भएका युवाहरू समिटएर वनेको समितिले वैकल्पिक राजनीति र नयाँ युवा अभियानलाई सशक्त बनाउने आत्मविश्वासलाई अझै दृढ बनाएको छ।




















